लकडाउनमा स्थानीय तहले बढाए उपत्यकामा जग्गाको मूल्य, कुन-स्थानमा कति बढ्यो ?



काठमाडौं । सामान्यतया सबै मानिसको सपना हुन्छ उपत्यकाभित्र जग्गा किन्ने र घर बनाउने । शिक्षा, स्वास्थ्य, रोजगारी आदिका लागि मानिस पहाडबाट तराई, तराईबाट राजधानी आउनेको जमात धेरै छ । राजधानीमा सबै सुविधाको व्यवस्था भएका कारणले गर्दा पनि मानिसको बसोबासमा निकै भीड छ ।

यस्तै, काठमाडौंको जस्तै सेवा सुविधा भएको भक्तपुरमा पनि मानिसको बसोबास तथा घर बनाउने प्रवृत्ति वृद्धि हुँदै गएको पाइन्छ । जसले गर्दा जग्गाको मूल्य निकै नै आकासिएको छ ।  धेरै स्थानीय तहले जग्गाको न्यूनतम मूल्यांकन कोभिड १९ को कारण नबढाएपनि भक्तपुरमा भने बढाउने निर्णय भएको छ । सो अनुसार जग्गाको न्यूनतम मूल्यांकन बढेको हो ।

कुन स्थानको मूल्य कति बढ्यो ?

भक्तपुरको पक्की मोटरबाटो सडकको दायाँबायाँ अरनिको राजमार्गको जोडिएको जग्गाको मूल्य आव २०७६/७७ मा प्रति आना २१ लाख ६० हजार तोकिएको थियो । तर, आव २०७७/७८ मा त्यो मूल्य बढेर २३ लाख ७६ हजार भूमि सुधार तथा मालपोत कार्यलय भक्तपुरले नयाँ मूल्य तोकेको हो ।

त्यसैगरी आव २०७६/७७ मा सल्लाघारी, जगाती, च्यामासिङ, पसिखेल सडकदेखि कमलविनायक चोकसम्म, सल्लाघारी चोकदेखि दुवाकोट छुट्टिने खस्याङखुसुङ खोलासम्मको मूल्य १२ लाख ७५ हजार तोकिएको थियो । तर, चालु आवमा त्यस स्थानमा भएको जग्गाको मूल्य बढेर १३ लाख २८ हजार भएको छ ।

त्यस्तै, नगरकोट सडक, साविक कटुन्जेको पक्की मोटरबाटो, च्यामासिंह चोकदेखि मालपोत चोक हुँदै साविक ताथलीको सिमाना व्यासी, ब्यासीचोकदेखि कालीघाटसम्मको जग्गाको ८ लाख ७४ हजार रहेको जग्गाको मूल्इ वृद्धि भएर चालु आवमा ११ लाख पुगेको छ ।

प्लानिङ पक्की मोटरबाटो

आव २०७६÷७७ मा भक्तपुर प्लानिङको पक्की मोटरबाटोको ‘क’ वर्गको ७ मिटर र सोभन्दा माथि रहेको जग्गाको मूल्य १२ लाख ७५ हजार रुपैयाँ तोकिएको थियो । आव २०७७/७८ मा बढेर १३ लाख २८ हजार पुगेको छ । त्यस्तै, ‘ख’ वर्ग, ‘ग’ वर्ग, ‘घ’ वर्ग जग्गाको क्रमशः मूल्य ५ लाख ९८ हजार रुपैयाँ, ५ लाख १७ हजार ५ सय रुपैयाँ, ४ लाख २५ हजार रुपैयाँ तोकेको थियो ।

चालु आवमा भक्तपुर मालपोत कार्यलयले क्रमशः ११ लाख ६४ हजार रुपैयाँ, ९ लाख ४९ हजार रुपैयाँ, ७ लाख ८५ हजार रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै, त्यो बोहेकका पक्की मोटर बाटोको सडकको दायाँबायाँको मूल्य ७ लाख ८५ हजार रुपैयाँ कायम गरेको छ ।

प्लानिङ कच्ची मोटरबाटो

त्यस्तै, २०७६/७७ मा भक्तपुरको प्लानिङ्को कच्चीबाटोमा भएको ‘क’, ‘ख’, ‘ग’, ‘घ’ वर्गमा भएको जग्गाको मूल्य क्रमशः ६ लाख ३२ हजार रुपैयाँ, ५ लाख ९८ हजार रुपैयाँ, ५ लाख रुपैयाँ, १७ हजार रुपैयाँ, ४ लाख रुपैयाँ रहेको छ । साथै यो वर्ष ती जग्गाको मूल्यवृद्धि भई १३ लाख २८ हजार रुपैयाँ, ११ लाख ६४ हजार रुपैयाँ, ९ लाख ४९ हजार रुपैयाँ, ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

सहरी इलाका

गत वर्ष भक्तपुरको सहरी इलाकामा रहेको मूलबाटो, सहायकबाटो, गल्लीबाटो, चोकबाटोमा रहेको जग्गाको १ लाखदेखि ५ लाख रुपैयाँसम्मको मूल्य तोकेको थियो । तर, चालु आवमा मूल्य बढेर २ लाख रुपैयाँ देखि ८ लाख रुपैयाँ कायम भएको छ । जसमा घरमुनीको बाटो (लाबो) को जग्गाको मूल्य ३ लाख रुपैयाँ पुगेको छ भने बाटो नभएको जग्गाको मूल्य २ लाख रुपैयाँ छ ।


क्लिकमान्डु