सनराइजमा सीइओको राजीनामा ‘च्याप्टर क्लोज’, स्वतन्त्र संचालक जोशीको राजीनामा



काठमाडौं । सनराइज बैंकको संचालक समितिबाट संचालक ओमकृष्ण जोशीले राजीनामा दिएका छन् ।

बिहीबार भएको बैठकमा संचालकले जोशीले राजीनामा दिएका हुन् । यसअघि संचालक समितिले सीइओ जनक शर्मा पौडेललाई हटाउनको लागि स्पष्टिकरण सोधेका संचालकहरुले बिहीबारको बैठकमा यो विषयमा सामान्य समेत चर्चा गरेनन् ।

सनराइजका एक संचालकले दिएको जानकारी अनुसार बैठकमा सीइओको विषयमा केहीपनि कुरा भएन । स्वतन्त्र संचालक ओमकृष्ण जोशीको राजीनामा आयो ।

जोशी सनराइज बैंकमा गाभिएको नारायणी नेशनल फाइनान्समा स्वतन्त्र संचालक थिए । नारायणी र नेशनल फाइनान्स मर्ज हुनु अगाडि जोशी नारायणी फाइनान्समा प्रवन्ध संचालक थिए ।


क्लिकमान्डु