गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने रिलायन्स र ओमको इजाजत रद्द, अग्नी र सर्वोत्तमलाई स्पष्टिकरण



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने रिलायन्स र ओम सिमेन्टको इजाजत अनुमति पत्र रद्द गरेको छ ।

यस्तै अग्नी सिमेन्ट र सर्वोत्तम सिमेन्टलाई स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

विभागले बारामा रहेको रिलायन्स सिमेन्ट इजाजत पत्र रद्द भएको अवस्थामा पनि बजारमा भेटिएको हुँदा नेपाल गुणस्तर चिन्ह नियमावली २०४० को नियम १६ अनुसार इजाजत अनुमति रद्द गरेको हो ।

ओम सिमेन्टको ब्राण्डमा उत्पादन गर्ने इन्टरनेशनल सिमेन्ट उद्योगले पनि इजाजत प्राप्त नभएको बेला बिक्री गरेपछि यसको उत्पादन रोक्का गरेको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विभागले सर्वोत्तम सिमेन्ट ओपिसीमा आरआर गुणस्तरभन्दा बढी भएको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

अग्नी सिमेन्टको कन्प्रेसिभ स्ट्रेन्थ गुणस्तर विभागले तोकेको भन्दा कम भएपछि अग्नी सिमेन्टसँग समेत स्पष्टिकरण मागेको हो ।

विभागले एभरेष्ट ग्यासको समेत इजाजत प्राप्त रद्द गरेको छ । कमला रोलिङ मिल्सलाई समेत स्पष्टिकरण मागेको छ ।


क्लिकमान्डु