उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले निर्वाचनको मिति तोकेको हो । सोमबार बस्ने कायकारिणीको बैठकले सोही अनुसार निर्णय गर्नेछ ।

यसअघि गत चैतमा हुने भनिएको महासंघको निर्वाचन लकडाउनका कारण स्थगित भएको थियो ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान उठ्ने घोषणा गरिसकेका छन् । नयाँ कार्यसमितिमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् ।


क्लिकमान्डु