उद्योग चलाउन नसकेपछि उद्योगमन्त्रीको ग्यास उद्योग शिव घिमिरेले किने, १८ करोडमा डिल



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको लगानी रहेको सैपाल ग्यास उद्योग उद्योगी शिव घिमिरेले खरिद गरेका छन् ।
सैपाल ग्यासमा उद्योगमन्त्री भट्टको श्रीमती निर्मलादेवी भट्ट संचालक रहेकी छन् ।

उद्योगी शिव घिमिरेले सैपाल ग्यासको स्वामित्व गरेको गरेको बताए ।

‘यसमा उद्योगमन्त्रीज्यूको आफ्नो लगानी छैन,परिवारका सदस्यको मात्र भएको हो,’घिमिरेले भने ।

ग्यास उद्योगमा घिमिरे पछिल्लो समय आक्रामक ढंगलबाट लगानी गरेका छन् । सैपाल ग्यास खरिद गरेसँगै घिमिरेको स्वामित्वमा ७ वटा ग्यास उद्योग पुगेको छ ।

एभरेष्ट, सुगम, सहारा, त्रिशूल, कामाख्या र प्रिमा ग्यासमा घिमिरेको लगानी रहेको छ ।

सैपाल ग्यासको स्वामित्व खरिद गरेपछि व्यवस्थापनको काम मिलाउनको लागि घिमिरे कैलालीमा नै रहेका छन् ।

ग्यासको ३ हजारवटा सिलिण्डर रहेको छ । सुदुरपश्चिम क्षेत्रमा ग्यास उद्योगमा लगानी गर्ने सोच बनाएका घिमिरेलाई ऋण लिएर उद्योग चलाउन नसकेको मन्त्री भट्टको परिवारको नाममा रहेको उद्योग पाएका हुन् ।

एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्य रहेका छन् । ग्यास र पेट्रोल पम्पको लगानी गरेका घिमिरेले पछिल्लो समय सिमेन्ट उद्योगमा समेत लगानी गर्ने योजना बनाएका छन् ।

२ सय टन क्षमता रहेको उद्योग कैलालीको गोदावरी नगरपालिकामा २ बिगा ३ कट्ठा जमिनमा रहेको छ ।

सैपाल ग्यासले १२ करोड रुपैयाँ ऋण लिएको थियो । संचालनमा आएको तीन महिनामा नै उद्योग चलाउन नसकेपछि भट्टले उद्योग बेचेर बाहिरिने निर्णय गरेका हुन् ।


क्लिकमान्डु