रेष्टुरेन्टबाट प्याकिङ खाना लिन पाइने



काठमाडौं । सञ्चार मन्त्री डा. युवराज खतिवडाले रेष्टुरेन्टले तयारी खाना होम डेलिभरी गर्न पाउने बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका डा. खतिवडाले रेष्टुरेन्ट खोलेर तयारी खाना होम डेलिभरी गर्ने व्यवस्था गरेको बताए ।

उनका अनुसार रेष्टुरेन्टमा मानिस जम्मा नभइ प्याकिङ गरेर मात्रै बिक्री गर्न पाइने छ । भिडभाड भने गर्न पाइने छैन । प्याकिङ खाना भने लिन पाइने छ ।

यता डिस्को, डान्सबार, तोक तथा दोहोरी साँझ लगायतका मनोरञ्जनका स्थलहरु खोल्न पाइने छैन ।


क्लिकमान्डु