लकडाउनमा ब्याज र बत्तिको मिटर घुमिरहेको छ, यसको असर बैंकमा पर्छः व्यवसायी विनोद चौधरी



काठमाडौं । सांसद विनोद चौधरीले अहिले उद्योगी व्यवसायीको सबै कुरा बन्द भए पनि बैंक र बत्तिको मिटर भने घुमिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदमा बोल्दै चौधरीले कोरोनापछिको लकडाउनको कारण बिहान बेलुका काम गरेर खानेको खल्ती मात्रै नसुकेको भन्दै उद्योगी व्यवसायीको पनि खल्ति सुकेको, बैंकको ब्याज र बत्तिको मिटर मात्रै घुमिरहेको भन्दै भविष्यमा अझ बढी संकट आउनेतर्फ संकेत गरे ।

उनले हाइड्रो, सिमेन्ट, होटललगायत सबै क्षेत्र बन्द भएको बेलामा केबल ब्याजको र बत्तिको मिटर मात्रै चल्दा आगामी दिनमा यसले विकराल समस्या निम्त्याउने दाबी गरे ।

‘तत्कालको आवश्यकता भनेको ब्याजको मिटर हो । त्यसको लागि २ खर्ब ५० अर्बको स्टेमुलश प्याकेज मागेका थियौ’ उनले भने ‘बजेटमा १ खर्बको पुनकर्जा रहे पनि त्यसमा ठूला आयोजना, यातायातलगायतका क्षेत्रलाई हेरिएको छैन । त्यसको असर बैंकिङ क्षेत्रमा पनि पर्ने निश्चित छ,’ उनले भने ।

सरकारले आगामी आवमा १० खर्बको राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि त्यो पूरा नहुने दाबी गरे । साउनबाट नै कोरोनाको संक्रमणा न्यून भएपनि अपेक्षा अनुसारको राजस्व संकलन नहुने र त्यसका लागि सरकारले आफ्नो धरातल बिर्सन नहुने बताए ।

अहिले विदेशका भएका नेपालीको रोजगारी गुमेको आम्दानी बन्द भएकाले विप्रेषण कम आउने हुँदा तरलता अभाव हुने उनको भनाइ छ ।

बेरोजगारी रोक्नका लागि बजेटले कृषिलाई आधार मानेको र भारत र चीनको सामानमा प्रतिस्पर्धा गर्ने तर्फ राज्य लाग्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु