सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

कोरोनाको समयमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नुपर्ने भएकोले सबै कर्मचारीहरुको बीमा गरेको जनाएको छ ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर कामहरु गरिरहेको जनाएको छ ।

विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विपे्रषण सेवा प्रदान गरिरहेको छ ।

कोरोनाको समयमा निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि कोरोनाको बीमा गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटी एक्सप्रेसले बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५ हजार भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु