कोरोनाले अर्थतन्त्र कमजोर बनेपछि साउदी अरबले ३ गुणा भ्याट बढायो, तेलको मूल्य बढ्ने



बीबीसी । कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको अर्थव्यवस्थाको स्थिती सुधार गर्नका लागि साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणाले बढाउने निर्णय गरेको छ ।

यससँगै सरकारले सरकारी कर्मचारीले पाउँदै आएको ‘कस्ट अफ लिविङ अलाउन्स’ पनि रोक्ने निर्णय गरेको छ । ताकी वित्तीय घाटालाई कम गर्न सकियोस् ।

तेलको धनी देश साउदी अरबलाई कोरोना भाइरसको कारण विश्वभर लागू भएको लकडाउनपछि तेलको मूल्यमा भारी गिरावट आउँदा ठूलो नोक्सान बेहोर्नु परेको छ ।

साउदी अरबले २ वर्षपहिले भ्याट लागू गरेको थियो । यसको उद्देश्य विश्वभरीको तेल बजारमा आफ्नो निर्भरता कम गर्न सकियोस ।

साउदीको सरकारी न्यूज एजेन्सीको रिपोर्ट अनुसार भ्याटको दर ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ । यो नयाँ दर जुलाई १ तारिखदेखि लागू हुनेछ ।

‘यो परिवर्तनबाट पीडा त हुन्छ तर दीर्घकालीन रुपमा हेरियो भने यसले वित्तीय तथा आर्थिक स्थिरताका लागि अत्यन्तै जरुरी छ, जसबाट हामी कोरोना भाइरसको संकटको विषम परिस्थितिबाट उत्पन्न भएको कमभन्दा कम नोक्सानीबाट उठ्न सकियोस,’ वित्तमन्त्री मोहम्मद अल जदानले भने ।

त्यहाँ सरकारको आम्दानीको तुलनामा खर्च बढी भएपछि यो घोषणा गरिएको हो । साथै अघिल्लो वर्षको तुलनामा पहिलो तीन महिना मै साउदी अरबको बजेट घाटा ९ अर्ब अमेरिकी डलर पुगेको छ ।

यसका पछाडि विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावट नै हो । वर्षको पहिलो त्रैमासमा तेलको मूल्य घट्यो र यसको असर साउदी अरबको अर्थ व्यवस्थामा भयो । तेलको मूल्य घटेका कारण राजस्वमा २२ प्रतिशतको गिरावट आएको छ ।

मार्च महिनामा साउदीको केन्द्रीय बैंकमा विदेशमा जम्मा भएको पुँजीमा सबैभन्दा तीव्र गतिमा गिरावट देखिएको छ । यो विगत २ दशकयता विदेशमा जम्मा भएको पुँजीको यति ठूलो गिरावट देखिएको पहिलो पटक भएको हो । सन् २०११ पछि पहिलो पटक यस्तो अवस्था आएको जनाएको छ ।

कोरोनको संकटका कारण उत्पन्न परिस्थितिसँग जुध्नका लागि नयाँ नियम लागू गरिएको हो । जसमा विकासको दर सुस्त भए पनि के आशा गरिएको छ भने त्यहाँका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले जुन आर्थिक सुधारका लागि कदम उठाएका थिए त्यसलाई ठूलो मात्रामा लागू गरिनेछ ।

गत वर्ष साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको आईपीओ जारी गरी २५.६ अर्ब अमेरिकी डलर जुटाएको थियो ।

तेल कम्पनीको सेयर बिक्री गर्ने योजना क्राउन प्रिन्सको थियो । जसका माध्यमबाट देशको अर्थ व्यवस्थालाई आधुनिक बनाउन चाहना राखिएको थियो । र, देशलाई तेलमा भएको निर्भरता कम गर्न खोजिएको थियो ।


पुष्प दुलाल