
काठमाडौं । आज महाशिवरात्री नेपालमा हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजाआजा गर्दै मनाउने गर्दछन् । आजको दिन केही साधु सन्तहरुले गाँजालाई भगवना शिवको प्रसाद सम्झेर ग्रहण गर्दछन् ।
नेपालमा गाँजा हालसम्म वैध छैन् । नेपालमा गाँजा वैध नभएपनि विश्वभर गाँजाको वैध कारोबार तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०२१ को एक अध्ययन अनुसार सन् २०२७ सम्ममा विश्वभर गाँजाको वैध बजारमा लगभग ८६ खर्ब अमेरिकी डलरको कारोबार हुने अनुमान गरिएको छ ।
स्वीट्जरल्याण्डको ‘जेनेभा बिजनेस न्यूज’का अनुसार, विश्वभर गाँजाको कुल बजार मूल्य वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । गाँजाको वैधता र यसको उपयोगका उद्देश्यहरू देश अनुसार फरक छन् ।
उदाहरणका लागि, अमेरिका, क्यानडा, जर्मनी, इटाली, नेदरल्याण्ड, क्रोएशिया, पोल्याण्ड, चेक रिपब्लिक, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, उरुग्वे, कोलम्बिया, चिली, अर्जेन्टिना र इजरायल जस्ता देशहरूले गाँजाको वैधता र यसको उपयोगका नियमहरू फरक–फरक रूपमा निर्धारण गरेका छन् ।
नेपालमा पनि गाँजाको वैधता र यसको उपयोगका बारेमा बहस भइरहेको छ। सन् २०२७ सम्ममा विश्वभर गाँजाको कारोबार ८० बिलियन अमेरिकी डलरदेखि ४ सय बिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ । यसरी, विश्वभर गाँजाको वैध कारोबारमा उल्लेखनीय वृद्धि भइरहेको छ, र यसले विभिन्न देशहरूको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
नेपालमा पनि गाँजाको वैधता र यसको उपयोगका बारेमा बहस भइरहेको छ।
विश्वभर गाँजाको वैध कारोबारमा उल्लेखनीय वृद्धि भइरहेको छ, र यसले विभिन्न देशहरूको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
नेपालमा गाँजा खेती तथा विक्री वितरण पूर्ण रुपमा प्रतिबन्धित छ । तर, सधैं यस्तो अवस्था थिएन ।
नेपालमा सन् १९७३ अघिसम्म गाँजाको खुला बिक्री वितरण गरिन्थो । अमेरिकादेखि हिप्पी कल्चर मान्नेहरु नेपालमा गाँजा खानकै लागि पनि आउने गर्थे ।
त्यो बेला फ्रिक स्ट्रिट अर्थात आजको बसन्तपुर क्षेत्रको छोन्झेंमा खुलारुपमा गाँजाको बिक्री वितरण नै हुने गरेका तस्बिरहरु अहिले पनि सामाजिक संजालमा भेटिन्छन् ।
तर, सन् १९७३ मा नेपालमा गाँजामाथि प्रतिबन्ध लगाइयो ।
अहिले भने फेरि गाँजाको प्रतिबन्ध फुकुवा गर्न आवाज उठिरहेको छ । सरकारले पनि यो विषयलाई लिएर विभिन्न अनुसन्धान गर्ने, विधेयक ल्याउने र अवधारणा पत्रहरु बनाउने गरिरहेको छ ।
गाँजा फुकुवा गर्नुपर्छ भन्दै आवाज उठ्नुमा यसको सामाजिक आर्थिक पक्ष, औद्योगिक पक्ष तथा विश्वका अन्य देशमा यसलाई फुकुवा गरिनु प्रमुख कारण रहेको छ ।
नीति अनुसन्धान प्रतिष्ठानले गत मंसिरमा प्रकाशन गरेको नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती नामक अनुसन्धान प्रतिवेदनमा हेर्ने हो भने गाँजाको सामाजिक आर्थिक थुप्रै फाइदाहरु छन् ।
गाँजाको जरा, बोक्रा, डाँठ, पात, फुल, बिउजस्ता भागहरुको आ आफ्नै किसिमको उपयोगिता हुन सक्छ ।
अर्कोतिर गाँजाको औद्योगिक पक्षका रुपमा हेर्ने हो भने यसबाट बन्ने रेसा बलियो हुने र त्यसमा अल्लोको रेसा र धागो मिसाएर विभिन्न औद्योगिक उत्पादनहरु गर्न सकिनेजस्ता फाइदाहरु छन् ।
गाँजाको बिउको प्रयोगबाट चकलेट तथा केक, बियर, खाना तथा दाना, तेलको प्रयोग, रेसाको प्रयोगलगायत गर्न सकिने नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाँजालाई वैधानिक गर्नुपर्छ भन्नेहरुले गाँजाका यस्तै आर्थिक तथा औद्योगिक फाइदाजनक कारणहरु अघि सार्दै आएका छन् ।
तर, यो भन्दा पनि महत्वपूर्ण कारण भने विश्वभर गाँजालाई दिन थालिएको वैधानिकता रहेको छ ।
अमेरिकी नेतृत्वमा नै विश्वभर गाँजालाई प्रतिबन्ध लगाइएकोमा अहिले अमेरिकाले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । अमेरिकाको कैयौं राज्यहरुमा अहिले गाँजामाथिको प्रतिबन्ध पूर्ण रुपमा तथा आंशिक रुपमा फुकुवा भएको छ ।
सन् २०२० को अन्त्यतिर संयुक्त राष्ट्र्संघले पनि गाँजालाई औषधीय गुण भएको वनस्पती मान्दै हानिकारक समूहबाट हटाएको थियो ।
क्यानडा, जर्जिया, जर्मनी, थाइल्याण्ड, मेक्सिकोलगायतका कैयौं देशहरुमा अहिले गाँजामाथिको प्रतिबन्ध फुकुवा भइएको छ ।
अन्य देशमा भएको गाँजाको फुकुवाका कारण नेपालमा पनि गाँजालाई वैधानिक बनाउनुपर्छ भन्ने आवाज उठ्न सुरु गरेको हो । सन् २०२० मा संयुक्त राष्ट्र्संघले गाँजालाई हानिकारक समूहबाट हटाएर औषधीय गुण भएको वनस्पती मानेसँगै यो आवाज झन् व्यापक रुपमा उठेको छ ।
प्रतिक्रिया