४९ देशका २३६ आरोहीले लिए आरोहण अनुमति, सबैभन्दा बढीको रोजाई सगरमाथा

0
Shares

काठमाडौं । ४९ देशका २३६ आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको जानकारी अनुसार सबैभन्दा बढीको रोजाई सगरमाथा रहेको छ ।

विभागका अनुसार विभिन्न १५ वटा हिमाल आरोहण गर्न ३१ समूहका १७१ पुरुष र ६५ जना महिला गरी २३६ जनाले यो वर्षको वसन्त ऋतुको लागि मार्च १ देखि अप्रिल ५ सम्ममा अनुमति लिएका छन ।

पर्यटन विभागका अनुसार यो आरोहण अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न हालसम्ममा ८ समूहबाट ७३ जनाले अनुमति लिएका छन । यसबाट विभागले १६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

विभागका अनुसार हालसम्मम सबैभन्दा धेरे संख्यामा अनुमति लिनेमा आमादब्लम हिमालका लागि ३ वटा टोलिका ३४ जना छन् । सिजन सुरु हुँदै गरेकोले र ७५ दिनसम्मलाई आरोहण अनुमति पाइने भएकोले अप्रिल महिनाभर अनुमति लिन आउनेको संख्या बढ्दै जाने छ ।

मे महिनामा सगरमाथासहितका धेरै हिमाल आरोहण हुन्छ । यसका लागि विभिन्न ४९ देशबाट ६५महिला र १७१ पुरुष रहेको पनि विभागले जानकारी दिएको छ।

Skip This