२२ विधामा कर्पोरेट एवार्ड प्रदान, लाइफ टाइम एवार्ड पर्यटन व्यवसायी शाक्यलाई

364
Shares

काठमाडौं । कर्पोरेट क्लव नेपाल प्राइभेट लिमिटेडले विभिन्न २२ विधामा कर्पोरेट एवार्ड प्रदान गरेको छ ।

एवार्ड फर कर्पोरेट एक्सलेन्सी र एवार्ड फर डिस्टिन्ग्युज्ड सर्भिस २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित कर्पोरेट एवार्ड कार्यक्रमको उदघाट्न गृहमन्त्री रमेश लेखकले उदघाट्न गरेका थिए ।

एस र एडीस २०२४ आयोजक कमिटीका सह अध्यक्ष सम्झना शर्माका अनुसार

कर्पोरेट एवार्ड वितरण गर्नका लागि चार सदस्यीय निर्णायक मण्डल बनाइएको थियो । यो निर्णायक मण्डलले छनौट गरेका विभिन्न कर्पोरेट हाउसलाई एवार्ड प्रदान गरिएको थियो ।

शर्माका अनुसार लाइफ टाइम एवार्ड पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरिएको छ । यसैगरी लिडरशिप मेल एवार्ड जिवा लामिछाने तथा लिडरशिप फिमेल एवार्ड उपासना पौडेललाई प्रदान गरिएको छ ।

आउटस्टाण्डिङ कन्ट्रीव्युसन इन्दीभ्युजअल एवार्ड महिला उद्यमी इन्दिरा सापकोटा, आउटस्टाण्डिङ कन्ट्रीव्युसन इन्स्टिच्युटतर्फ नेपथ्य, कालिका मानव ज्ञान सेकेन्ड्री स्कूललाई प्रदान गरिएको छ ।

यस्तै स्वास्थ्य सेवातर्फ गीता आँखा अस्पताल, एमएनसी क्याटेगरीतर्फ एनसेल, कमरशियल बैंकतर्फ नेपाल एसबीआई बैंक, होटेलतर्फ द सोल्टी काठमाडौं, इन्सुरेन्स र लाइफ इन्सुरेन्सतर्फ सिटीजन लाइफ इन्सुरेन्सलाई एवार्ड प्रदान गरिएको छ ।

त्यस्तै लोकल म्यानुफ्याक्चरिङतर्फ शिवम सिमेन्ट, डेभलपमेन्ट बैंकतर्फ गरिमा विकास बैंक, सोसल इन्टरप्राइजेजतर्फ फूलप्रसाद, फर्मातर्फ एशियन फर्माच्युटिकल, नन लाइफ इन्सुरेन्सतर्फ सगरमाथा लुम्बिनी इन्सुरेन्स, कन्ट्रक्सनतर्फ शर्मा एण्ड कम्पनी, कृषितर्फ श्रीनगर एग्रो, सूचना सञ्चार तथा प्रविधितर्फ किम्बु टेक, ग्रीन इनिसिएसिभतर्फ भेन्चर वेस्ट टु इनर्जी, एसएमईतर्फ नित्या ट्रेडिसनल ट्रयाक र स्टार्टअपतर्फ डेलिस डेरीलाई कर्पोरेट एवार्ड प्रदान गरिएको छ ।