सरकारले अनिच्छा देखाएपछि निजी क्षेत्रको पहलमा काठमाडौं आइपुग्यो स्वास्थ्य सामाग्री



काठमाडौं । सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई दिएको राहत सामाग्री निजी क्षेत्रको सहयोगमा नेपाल भित्रिएको छ ।

सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री दिने जनाएको थियो । तर,सरकारले भने राहत सामाग्री लिनको लागि सिंगापुर तर्फ जहाज पठाएन । निजी क्षेत्रले ल्याउन लाग्दा समेत ढिलाई गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रन्जित आचार्यको पहलमा ति स्वास्थ्य सामाग्री काठमाडौं आएका हुन् । यसलाई लिनको लागि श्री एयरलाइन्सको जहाज सिंगापुर गएको थियो ।
व्यवसायीहरु पशुपति मुरारका,शेखर गोल्छा र शुधीर मित्तलको पहलमा जहाज चाटर्ड गरेर सिंगापुरबाट ल्याइएको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गरिएको छ ।

सिंगापुरको टेमासेक फाउण्डेसनले १० हजार थान पीसीआर टेस्ट किट सहित एजी टेस्ट किट नेपाललाई सहयोग दिएको थियो ।


क्लिकमान्डु