कोरोना असर: यो वर्ष नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण



एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९० को कारण आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सिमित हुने प्रक्षेपण एडीबीले गरेको हो ।

शुक्रबार एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक ’ मा एशियाका विकाशिल देशहरुको बृद्धिदर २.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विकसित देशहरुको बृद्धिदर २.४ प्रतिशत मात्र हुने छ ।

कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमात्र हुने छ,कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले औद्योगिक क्षेत्र र सेवामा क्षेत्रमा असर हुने छ भने रेमिटेन्स आय समेत घट्ने छ,’एडीबीले आफ्नो प्रक्षेपणमा भनेको छ ।


क्लिकमान्डु