चन्द्र ढकालको सेल्फ क्वारेन्टाइनः व्यवसाय शुरु गरेपछि पहिलोपटक पूरै दिन घरमा बसिरहेको छु



काठमाडौं । अति नै व्यवस्त हुने व्यवसायी हुन् चन्द्र ढकाल । पछिल्ला दुई दशकमा ब्यवसायको साम्राज्य स्थापित गर्न सफल व्यस्त हुनु स्वभाविक पनि हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गत मंगलबारदेखि एक साताका लागि देशलाई डक डाउन गरेको छ । लकडाउनका कारण अधिकांश देसबासी घरबाट बाहिर निस्केका छैनन् ।

सामान्य अवस्थामा उज्यालो भएपछि घरबाट हिँड्ने र अध्यारोमा मात्रै घर पुग्ने चन्द्र ढकाल लक डाउन शुरु भएदेखि घरबाहिर निस्केका छैनन् । उनको घर काठमाडौंको बसुन्धरामा छ ।

भवानी राणाको सेल्फ क्वारेन्टाइनः घरै बसेर महासंघको काममा व्यस्त, भन्छिन्- शब्जी किन्न निस्कन्छु

‘लक डाउन शुरु भएपछि बाहिर कतै हिँडेको छैन, पूर्णरुपमा सेल्फ क्वारेन्टाइनमा बसेको छु,’ ढकालले क्लिकमाण्डूसँग भने, ‘व्यावसायिक जीबन शुरु गरेपछि पूरै दिन घरमा बिताएको यो पहिलो पटक हो ।’

यही चैत २८ र २९ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरेका ढकाल पछिल्लो समय चुनावी प्रचारमा व्यस्त थिए । कोरोनाका कारण महासंघको चुनाव पनि स्थगित भएको छ ।

‘यो महामारी जति फैलियो त्यति ठूलो क्षति हुन्छ, त्यसैले हामी सबै मिलेर यसको रोकथामका लागि लाग्नु आजको आवश्यकता हो,’ उनले भने, ‘जोसँग जे सामर्थ्र्य छ, उसले सोही अनुसारको योगदान गर्नुपर्छ ।’

‘नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारीमा व्यस्त थिएँ, कोरोनाका कारण चुनाव पनि स्थगित भएको छ, देश लक डाउन छ,’ उनले भने, ‘जिल्लातिरका साथीभाईलाई फोन गरेर के छ कसो छ भनेर खबर सोध्छु ।’

आफ्नो जीन्दगीमा पहिलोपटक यस्तो खाले समस्या फेस गरेको उनले सुनाए ।

‘बिहान उठेर एकछिन सामान्य एक्सरसाइज गर्ने, किताबहरु पढ्ने, आम सञ्चारका माध्यमहरुबाट सूचना थाहा पाउने र साथीभाईलाई फोन गरेर के छ कसो छ सोध्ने र परिवारका सदस्यहरुसँग गफगाफ गर्ने यसरी नै मेरो दिन वितिरहेको छ,’ उनले भने, ‘बाहिर हिँड्दा दिन बितेको पत्तै हुँदैन थियो । घर बस्दा त दिन कहिल्यै नवित्ने रहेछ ।’

घर बाहिरबाट ल्याएको दूध मात्रै प्रयोग गर्छन् उनी । बाँकी बस्तुहरु लकडाउनअघि किनेर राखेको स्टकले नै पुगिरहेको छ ।

बाहिरबाट दूध मात्रै ल्याउने गरेको छ, अरु सबै घरमै भएको वस्तु मात्रै प्रयोग गर्ने गरेको छु, उनले भने, होल्ड गरेको फलफूल तथा सागशब्जीले अहिलेसम्म पुगिरहेकै छ ।

मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न

कोरोना रोकथामका लागि विदेशबाट सामाग्री ल्याउने तयारी गरिरहेको पनि उनले सुनाए । तर, सामान नै गाह्रो भएको र ढुवानीमा पनि समस्या भएका कारण अहिलेसम्म त्यस्त सामाग्री ल्याउन नपाए बताउँदै भने, ‘तैपनि निरन्तर प्रयास गरिरहेको छु ।’

सरकारले गरेको आह्वानलाई सबैले एकढिक्का भएर सहयोग गर्नुपर्ने ढकालको भनाइ छ । कोरोना भाइरसले मानव स्वास्थ्यमा ठूलो असर पार्ने र त्यसको असर व्यक्ति र देशको अर्थतन्त्रमा पनि पर्ने भएकाले सबै एकजुट भएर कोरोनाको रोकथाम र नियन्त्रणमा लाग्ने हो भने यो समस्याबाट चाँडै मुक्त भइने उनको विश्वास छ ।

‘यो महामारी जति फैलियो त्यति ठूलो क्षति हुन्छ, त्यसैले हामी सबै मिलेर यसको रोकथामका लागि लाग्नु आजको आवश्यकता हो,’ उनले भने, ‘जोसँग जे सामर्थ्र्य छ, उसले सोही अनुसारको योगदान गर्नुपर्छ ।’

ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमइ बैंकले केहीदिन अघि सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १ करोड १५ लाख रुपैयाँ जम्मा गरेर आर्थिक सहयोग पनि गरिसकेको छ । र, केहीदिन भित्रै नेपाल उद्योग वाणिज्य महासंघले संस्थागतरुपमा सरकारलाई नगद र जिन्सी सहयोग गर्ने तयारी गरिहरेको उनले जानकारी दिए ।

‘हामीले महासंघका तर्फबाट पनि सरकारलाई सहयोग गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

यो महाविपत्तिबाट जोगिन सबैलाई आग्रह गर्छन् उनी ।

‘सेल्फ क्वारेन्टाइन भनेको एकअर्कामा संक्रमण नसरोस् भन्ने हो, त्यसैले हामी सबैले यसको पूर्ण पालना गर्नुपर्छ,’ ढकालले भने ।


पुष्प दुलाल