मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले गत मंगलबारदेखि एक साताका लागि देशलाई लक डाउन गरेको छ । नागरिकहरुलाई सेल्फ क्वारेन्टाइनमा बसाउनका लागि सरकारले लक डाउनको घोषणा गरेको हो ।

कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट मात्रै सर्ने भएकाले एक्लै बस्ने र बाहिरका सामाग्री प्रयोग नगर्ने हो भने यो संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । सेल्फ क्वारेन्टाइन भनेको पनि त्यही हो ।

सरकारले लक डाउन घरेपछि दैनिक जीबनमा निकै व्यवस्त रहने उद्योगी, व्यवसायीहरु पनि घरमै थन्किएका छन् । उद्योगी व्यवसायीहरुको सेल्फ क्वारेन्टाइन कस्तो छ ? लक डाउनको समय कसरी विताइरहेका छन् ? भनेर जानकारी दिने उदेश्यले हामीले यो कन्टेन्ट तयार पारेका हौं ।

‘म घरबाहिर निस्केको छैन र अरुलाई घर भित्रिन पनि दिएको छैन,’ उनले भने, ‘मेरो घरमा बाहिरबाट भित्रिने भनेको बिजुलीको करेन्ट, इन्टरनेट र खानेपानी मात्रै हो ।’

यस विषयमा हामीले धेरैजना उद्योगी व्यवसायीसँग कुराकानी गरेका छौं । आज नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमा अध्यक्ष पशुपति मुरारकाको क्वारेन्टाइनका बारेमा तपाईंहरुलाई जानकारी गराउँदै छौं ।

सरकारले लक डाउनको घोषणा गरेपछि मुरारका थापाथलीस्थित निजी निवासमामा बसिरहेका छन् । उनले घर परिवारका सदस्यबाहेक कसैलाई पनि भेटेका छैनन् । यतिसम्म कि परिवार भित्र पनि मुरारकाले सकेसम्म अरुले प्रयोग गरेको सामान प्रयोग गर्दैनन् ।

‘संभव भएसम्म आफ्नै परिवारका अन्य सदस्यले प्रयोग गरेको कुनैपनि वस्तु मैले प्रयोग गरेको छैन र मैले प्रयोग गरेको वस्तु अरुलाई प्रयोग गर्न दिएको छैन,’ मुरारकाले क्लिकमाण्डूसँग भने, ‘मेरो मोवाइल पनि कसैले छुन पाउँदैनन् ‘।

‘सेल्फ क्वारेन्टाइन सरकारका लागि वा अरु कसैका लागि नभइ आफ्ना लागि हो, सचेत रहौं आफू रहे न संसार छ,’ मुरारका आग्रह गर्छन् ।

अन्य व्यक्तिको सम्पर्कबाट यो संक्रमण सर्ने भएकाले आफू धेरै नै सचेत भएको उनले बताए ।

‘म घरबाहिर निस्केको छैन र अरुलाई घर भित्रिन पनि दिएको छैन,’ उनले भने, ‘मेरो घरमा बाहिरबाट भित्रिने भनेको बिजुलीको करेन्ट, इन्टरनेट र खानेपानी मात्रै हो ।’

अनि सागसब्जी तथा अन्य खाने कुरा नि ?

लक डाउन अघि किनेर ल्याएको सागसब्जी सकिएको उनले जानकारी दिए । दाल चामल र गेडागुडी भने अझै केही महिना पुग्ने स्टक छ उनको घरमा ।

‘सागसब्जी र फलफुल सकिएको छ, म दाल भात र गेडागुडी मात्रै खाएर बसेको छु,’ उनले भने, ‘सागसब्जी र फलफुल नखाँदैमा मरिँदैन, बाँचियो भने पछि खाउँला नि ।’

सागसब्जी घरमा भित्र्याउँदा कोरोनाको संक्रमण भित्रन सक्ने खतरा भएकाले बाहिरबाट कुनैपनि कुरा घरभित्र प्रवेश गर्न नदिएको उनको भनाइ छ ।

‘यो रोग लाग्यो भने बाँच्न धेरै गाह्रो छ, आफू सचेत भएर सकेसम्म लाग्न नदिने हो,’ उनले भने, ‘मलाई धेरै साथीभाइले डराइस् भन्छन् म डारइको होइन, सचेत भएको हो । आफ्नै लागि हो । चिटिङ गर्नु हुँदैन ।’

एक दिन देश लकडाउन हुँदा अर्बौको क्षति भएको सुनाउँदै नागरिकहरु सचेत भइदिने हो भने लक डाउनको अवधि छोटिने र त्यसले देशको स्वाथ्य र अर्थतन्त्र दुबैका थप क्षति हुन नदिने उनको भनाइ छ ।

सामान्य अवस्थामा मुरारकाको दैनिमी पत्रपत्रिका पढेर सुरु हुन्थ्यो । तर, अचेल उनको घरमा पत्रिका आएपनि छुँदैनन् उनी ।

‘बाहिरबाट आएको पत्रिकामा पनि कोरोना भाइरस हुनसक्छ, त्यसैले पत्रिका पनि पढ्दिन, अनलाइ मिडिया र टेलिभिजनबाट सूचना लिन्छु,’ उनले भने

आफू पूर्णरुपमा आइसोलेसनमा बसेको मुरारकाले सुनाए ।

‘घरपरिवारसँग बस्छु, टिभी हेर्छु, फिल्म हेर्छु, एकछिन सुत्छु, साथीभाइसँग टेलिफोनमा कुरा गर्छु,’ उनले भने, ‘अब भने पूराना किताब खोज्छु र पढ्न थाल्छु ।’

व्यपारीहरु आर्थिकरुपले बढी एक्सपोज भएकाले दायित्व पनि बढी भएको उनले सुनाए ।

‘पहिलो कुरा ज्यानको मायाँ छ, उनले भने, ‘त्यसपछि बैंकको ऋण छ, कर्मचारीहरुल कार्यालयमै बसेका छन्, उनीहरुको खापिन र तलबभत्ताको व्यवस्था गर्नुपर्छ । कोरोनापछि पनि उद्योग चलाउनु छ ।’

एक दिन देश लकडाउन हुँदा अर्बौको क्षति भएको सुनाउँदै नागरिकहरु सचेत भइदिने हो भने लक डाउनको अवधि छोटिने र त्यसले देशको स्वाथ्य र अर्थतन्त्र दुबैका थप क्षति हुन नदिने उनको भनाइ छ ।

‘सेल्फ क्वारेन्टाइन सरकारका लागि वा अरु कसैका लागि नभइ आफ्ना लागि हो, सचेत रहौं आफू रहे न संसार छ,’ मुरारका आग्रह गर्छन् ।


पुष्प दुलाल