भवानी राणाको सेल्फ क्वारेन्टाइनः घरै बसेर महासंघको काममा व्यस्त, भन्छिन्- शब्जी किन्न निस्कन्छु



काठमाडौं । भवानी राणा अर्थात् सरकारपछिको दोस्रो ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष । पदका कारण पनि सामान्य दैनिकी अति व्यस्त । अझ संकटका बेला झन् धेरै व्यस्त ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले गत मंगलबारदेखि एक साताका लागि देशलाई लक डाउन गरेको छ । नागरिकहरुलाई सेल्फ क्वारेन्टाइनमा बसाउनका लागि सरकारले लक डाउनको घोषणा गरेको हो ।

सरकारले लक डाउन घरेपछि दैनिक जीबनमा निकै व्यवस्त रहने उद्योगी, व्यवसायीहरु पनि घरमै थन्किएका छन् ।

उद्योगी व्यवसायीहरुको सेल्फ क्वारेन्टाइन कस्तो छ ? लक डाउनको समय कसरी विताइरहेका छन् ? भनेर जानकारी दिने उदेश्यले हामीले यो कन्टेन्ट तयार पारेका हौं ।

साँझपख घरछेउकै पसलमा फलफुल र शब्जी किन्न जान्छु, फ्रेस पनि भइन्छ ।

सरकारको आह्वानलाई मान्दै महासंघ अध्यक्ष राणा पनि घरमै सेल्फ क्वारेन्टाइमा बसेकी छन् ।

‘सरकारले भनेपछि नमान्ने भन्ने कुरै भएन, त्यसैले घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी छु,’ राणाले क्लिकमाण्डूसँग भनिन्, ‘यद्यपि महासंघको काममा व्यस्त छु ।’

सेल्फ क्वारेन्टाइनमा बसेको भएपनि आफ्नो भूमिका निर्वाह गरिरहेको बताउँछिन् उनी ।

‘सरकारसँग विभिन्न बैठकहरुमा सहभागी भएकी छु, कतिपय बैठकहरुको समन्वय गरेकी छु, जिल्लातिरबाट यस्तो उस्तो समस्या पर्यो भन्दै आउँछ, सरकारी पक्षसँग कुरा गरेर मिलाइदिनु पर्यो,’ उनले भनिन् ।

मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न

महासंघका सिनियर कर्मचारीहरु पनि ड्युटीमै छन् । कसैलाई केही समस्या पर्यो भने उनीहरुले पनि सरकारी पक्षसँग समन्वय गरेर काम गरिरहेका छन् ।

राणाका अनुसार सामान्य अवस्था भएको भए घरमा बस्न पाइने थिएन । लक डाउनको समयमा घर परिवारलाई समय दिन पाएकोमा खुसी छिन् ।

तर, कोरोनाका कारण मानवजाति र अर्थतन्त्रमा परेको असरले भने निकै चिन्तित बनाएको छ उनलाई । भन्छिन्, ‘यस्तो विपत्ति कहिल्यै नआओस् ।’

धेरैजस्तो खाद्यान्न सामाग्री स्टक छ उनको घरमा । शब्जी र फलफुल धेरै समय स्टक राख्न नमिल्ने भएकाले साँझपख घरछेउकै पसलमा गएर किन्ने गरेको राणाले बताइन् ।

‘दिनभरी घरपरिवारसँग समय विताउँछु, मुभि हेर्छु, समाचारहरु हेर्छु, उद्योगी व्यवसायी साथीहरुसँग नियमित टेलिफोन सम्पर्क भइरहेको छ, कसैलाई केही समस्या पर्यो भने त्यसका लागि सरोकारवालासँग कुरा गरेर समन्वय गरिरहेकी छु,’ उनले भनिन्, ‘साँझपख घरछेउकै पसलमा फलफुल र शब्जी किन्न जान्छु, फ्रेस पनि भइन्छ ।’

आफ्नो जीबनकालमा यस्तो महामारी कहिल्यै नभोगेको उनको भनाइ छ । सबैले अनुशासित भएर कडाइका साथ सेल्फ क्वारेन्टाइनमा बस्ने हो भने चाँडै नै यो संक्रमणबाट ज्यान र देशको अर्थतन्त्रलाई बचाउन मद्दत पुग्ने उनको विश्वास छ ।

कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने

महासंघले कोरोना रोकथामका लागि सहयोग गरिरकेको उनले बताइन् । अहिलेसम्म महासंघले संस्थागतरुपमा १५/१६ लाखका सामाग्री वितरण गरिसकेको छ ।

‘मैले सबै कार्यकारीणी सदस्यहरुलाई सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संस्थागतरुपमा सहयोग गर्न अनुरोध गरिसकेकी छु, सबैजना सहमत हुनुहुन्छ, हामी चाँडै सरकारलाई थप ४०/५० लाखको सामाग्री र ५०/६० लाख रुपैयाँ नगद बुझाउने छौं,’ उनले ।

अहिलेको समयमा सानै सहयोग पनि ठूलो हुने उनको भनाइ छ।


पुष्प दुलाल