त्रिविका सबै परीक्षा स्थगित



काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षा स्थगित

नेकपाको सचिवालय बैठकले एसईईका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगन गर्नका लागि सुझाव दिएको थियो । उक्त सुझाव अनुसार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले शिक्षा मन्त्रालयलाई परीक्षा स्थगनका लागि आग्रह गरेको छ ।

एसईई र त्रिविको परीक्षा स्थगित, लोकसेवाको परीक्षा के हुन्छ ? यसो भन्छन्- अध्यक्ष उमेश मैनाली

समितिको आग्रह अनुसार नै शिक्षा मन्त्रालयले परीक्षाहरु स्थगन गर्न लागेको हो । स्रोतका अनुसार विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठनका साथै परीक्षा समेत अहिलेका लागि स्थगन हुने भएको छ ।

सरकारले बुधबार नै चैत ६ (भोलि)देखि शुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरिसकेको छ ।

यसअघि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका थिए ।


क्लिकमान्डु