एसईई र त्रिविको परीक्षा स्थगित, लोकसेवाको परीक्षा के हुन्छ ? यसो भन्छन्- अध्यक्ष उमेश मैनाली



काठमाडौं । सरकारले चैत ६ (भोलि)देखि हुने भनिएको एसईई र चैतमा हुने तय भएको त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ ।

सरकारले सबै प्रकारका परीक्षा स्थगित निर्णय गरेसँगै लोकसेवा आयोगले लिने भनेको परीक्षा पनि अन्योलमा परेको छ ।

त्रिविका सबै परीक्षा स्थगित

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले यसबारेमा अन्योलता रहेको भन्दै बिहीबार बैठक बसेर आधिकारिक निर्णय गर्ने बताए ।

‘सरकारले एसईई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी आएको छ, लोकसेवा आयोगको परीक्षाबारे भोलि बैठक बसी निर्णय गरिनेछ,’ मैनालीले भने ।

एसईई परीक्षा स्थगित

सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने र सिनामा हल पनि बन्द गर्ने निर्णय बुधबार नै गरिसकेको छ ।

त्यसैले चैतमा हुने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगितबारे अन्योल भएको हो ।


क्लिकमान्डु