डेढ अर्ब लागतमा झापामा बनिरहेको छ प्रसुती अस्पताल, कति भयो काम ?


काठमाडौं । झापा जिल्लाको दमकमा जीबी मेट्रिनिटी एण्ड चाइल्डकेयर जनरल हस्पिटल बनिरहेको छ । सन् २०२० मा दर्ता गरी निर्माण भइरहेको अस्पताल एक सय शय्याको सुविधासहित बनाइरहेको हो ।

कम्पनीले अस्पताल निर्माणमा करिब डेढ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । अस्पताल निर्माणमा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । करिब २ हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको अस्पतालका लागि एक अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी ४४ करोड २० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने भएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

रेटिङअनुसार अस्पतालको हालसम्ममा ४२ प्रतिशत आर्थिक प्रगति भइसकेको छ भने ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ । साथै, इक्विटीको ४७.५ प्रतिशत रकम भने व्यवस्थापन भइसकेको छ।

अस्पतालमा डा. सुमन आचार्य एक्लैको स्वामित्व छ । उनी मेडिकल क्षेत्रसँगै पेट्रोल पम्प, एमआरएफ टायर र रियल इस्टेट क्षेत्रमा पनि आबद्ध छन् ।