वामपन्थी सरकारका २ वर्षः यस्तो रह्यो सेयर बजार



काठमाडौं । २०७४ फागुन ३ गते देशले ५ वर्षका लागि स्थिर सरकार पायो । त्यो सरकार थियो, कम्यूनिष्टको । सेयर लगानीकर्ताहरुको बुझाइ थियो कि ‘सेयर बजारमा कम्यूनिष्टलाई फाप्दै फाप्दैन ।’

यो २ वर्षको अवधि साँच्चै त्यस्तै नै रह्यो । सेयर बजारले नसोचेको घटना भोग्नु पर्यो । विभिन्न आरोपको समाना गर्नुपर्यो ।

सेयर बजारको हितको लागि भने पनि बजार बढाउनको लागि भन्दै लगानीकर्ताले आन्दोलन मात्रै होइन, ४ दिनसम्म टुकुचा खोलाको किनार (नेप्से अगाडि) आमरण अनसन समेत बस्नु पर्यो ।

अर्थमन्त्रीका सहयोगी खरेलले सेयर लगानीकर्तालाई प्रधानमन्त्रीसँग भेट्न दिएनन्

त्यत्तिमात्रै कहाँ होर ? एकदिन त बिना कारण सेयर कारोबार समेत भएन । जुन विषय नेपालका लागि ऐतिहासिक नै बन्यो ।

त्यो समयमा आन्दोलन हुनु, लगानीकर्ता आमरण अनसन बस्नु, एकदिन सेयरको कारोबार नै नहुनको मूख्य केन्द्रबिन्दुको रुपमा अर्थमन्त्री डा. युवराज खतिवडालाई मानिएको थियो ।

झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह

देशको अर्थव्यवस्था मैले मात्रै बुझेको छु, ५ वर्षे स्थायी सरकारको म नै पहिलो अर्थमन्त्री हुँ, त्यो पनि राजनीतिमा लागेका मानिसलाई पछार्दै देशको अर्थव्यवस्था धान्न आएको भन्दै उनले देखाउने तुजुक, बोल्ने तरिका, बोलाइको तौर तरिका निकै फरक थियो ।

ढकाल र कोइरालाले शुरु गरे आमरण अनशन, पूँजीबजार सुधारको माग

तत्कालीन समयमा अर्थमन्त्रीले आफूबाहेक अरुलाई मान्छे नै गन्दैन थिए । मन्त्री भएलगत्तै उनले सेयर बजार र घरजग्गा व्यवसाय अनुत्पादन हो भनेर सञ्चारमाध्यममा अन्तर्वार्ता दिए । त्यसपछि शुरु भयो लगानीकर्ताको गर्जन ।

केपी ओली प्रधानमन्त्री भएलत्तै घट्न थालेको बजारलाई डा. खतिवडाको अभिव्यक्तिले झनै मलजल गर्यो ।

ओली प्रधानमन्त्री हुनुभन्दा अघिल्लो दिन १३८८.९४ बिन्दुमा थियो । ओली प्रधानमन्त्री भएको दिन एकैपटक बढेर १४२४.९५ बिन्दुमा पुगेको थियो । त्यो बेला कम्यूनिष्टको सरकारलाई सेयर बजारले स्वागत गर्यो भनेर पनि भनियो । तर त्यसको भोलिपल्टबाट बजारमा निरन्तर गिरावट आयो ।

ओली प्रधानमन्त्री हुनुपूर्व झापामा आयोजित चुनावी सभामा सम्बोधन गर्ने क्रममा ओलीले भने थिए ‘केही साथीहरु अब कम्यूनिष्ट सरकार आयो भने बजार घटछ भन्दै हिँडनु भएको छ । हेर्दै जानु होला हामी आएपछि सेयर बजारमा सुधार आउने छ । देशमा लगानीमैत्री वातावरण बन्ने छ । सेयर बजारबाट कोही पनि भाग्नु पर्दैन ।’

त्यसको केही समयपछि व्यवसायीहरुको टोलीसँग पार्टी मुख्यालयमा ओलीले भनेका थिए- ‘बामपन्थीको सरकार आएपछि सेयर बजार बढ्छ । लगानीकर्ताहरुले दिपावली मनाए हुन्छ ।’

ओलीले दिएको मन्तव्य धेरै समय टिक्न पाएन । उनी प्रधानमन्त्री भएको भोलिपल्टैबाट बजारमा गिरावट देखियो । त्यसपछि अर्थमन्त्री खतिवडाको भाषणले त्यसलाई सहयोग गरेको थियो । १४२४.९५ बाट झरेको बजार ११०९.१७ अंकमा समेत आइपुग्यो ।

यो अवधिमा बजारमा ३१५.७८ अंकको गिरावट आयो । पुनः फर्किएर बजार २ वर्षपछि १३९८.२४ बिन्दुमा रोकिएको छ ।

५८ बुँदा कार्यान्वयन नहुँदासम्म आमरण अनशन नतोड्ने घोषणा (भिडियो सहित )

प्रधामन्त्री ओलीले पदभार ग्रहण गरेको दिनकै जतिमा बजार पुग्नका लागि २६.७१ अंकले बजार बढ्न आवश्यक छ । बजार पुँजीकरणतर्फ हेर्ने हो भने केही सुधार भने देखिएको छ ।

ओली प्रधानमन्त्री भएको दिन बजार पुँजीकरण १६ खर्ब ६६ अर्ब ३९ करोड २६ लाख ७० हजार रुपैयाँ रहेको थियो । अहिले २ वर्ष पनि सोमबारसम्ममा बजार पुँजीकरण १७ खर्ब ८३ अर्ब ६० करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बजार पुँजीकरण भने १ खर्ब १७ अर्ब २१ करोड ५४ लाख ७० हजार रुपैयाँले बढेको छ । नेप्से सूचकमा गिरावट आएपनि अन्तिम समयमा बजार पुँजीकरणमा भने सुधार देखिएको छ ।

तर, यो अवधिमा धेरै कम्पनीहरु नेप्सेमा सूचिकृत भएकाले बजार पुँजीकरण बढ्न मद्दत गरेको हो । यदि नयाँ कम्पनीहरु थपिएका थिएनन् भने बजार पुँजीकरणमा सुधार हुने थिएन । किनभने सेयरको संख्या थपिँदा त्यसले पुँजीकरणलाई सकरात्मक प्रभाव पार्छ । अहिले भएको पनि यही हो ।

यो अवधिमा बजारमा नेप्से सूचक मात्रै होइन कारोबार रकममा पनि गिरावट आएको थियो । कतिपय करोबार दिनमा त १५ करोडको हाराहारीमा समेत सेयर किनबेच भएको थियो ।

बजारमा देखिएको निरन्तर गिरावट, अर्थमन्त्रीको राजीनामा माग्नेदेखि लगानीकर्ता आमरण अनसन समेत बस्न थालेपछि मन्त्री खतिवडाले राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पुँजी बजार र मुद्रा बजारको सुधारका लागि भन्दै समिति समेत गठन गरे ।

उक्त समितिले बजारको विकासको लागि भन्दै राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सकारले गर्नेगरी ५८ बुँदे सुझाव दिएको थियो । त्यसमा अझै पनि केही त कार्यान्वयनको चरणमा रहेका छन् ।

नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित)

मन्त्रीको चौतर्फी विरोध भएपछि, बजार घटाउन मन्त्रीको अभिव्यक्ति नै प्रयाप्त भएको लगानीकर्ताको आरोप पछि उनले चालु आवको बजेटमा पुँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका छन् ।

त्यो मात्रै होइन यो अवधिमा सेयर बजारमा निकै सुधारका काम पनि भएका छन् । बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने काम अर्थ समितिले रोकेपनि मार्जिन ट्रेडिङ, अनलाइन कारोबार लगायतका धेरै काम भएका छन् ।

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

जसले पनि बजारलाई केही सुधारको बाटोमा भने लगेको देखिएको छ । २ वर्षदेखि नै सेयर बजार घट्नुको कारण कम्यूनिष्ट सरकार र अर्थमन्त्री भनिएपनि अहिले पुनः बजारमा सुधारको संकेत देखिएको छ ।

केही समय अघिसम्म अर्थमन्त्री खतिवडा नहटेसम्म बजारमा सुधार हुँदैन भनिएपनि अहिले अर्थमन्त्री डा. हट्ने वा नहटने भन्नेमा टुंगो नलागेपनि बजारमा विस्तारै बुलिस ट्रेन्डमा गइरहेको छ । पछिल्ला महिनाहरुमा मन्त्री खतिवडा पोजेटिभ भएपछि त्यसको प्रभाव बजारमा देखिएको हुनसक्ने अनुमान गरिएको छ ।

‘सेयर बजार लगानीकर्ताको मनोवलमा चल्छ, पछिल्लो समय अर्थमन्त्री खतिवडाका अभिव्यक्तिहरु केही सुध्रिएका छन्, त्यसको प्रभाव पनि बजारमा देखिन थालेको छ,’ एक लगानीकर्ताले भने ।


पुष्प दुलाल