५८ बुँदा कार्यान्वयन नहुँदासम्म आमरण अनशन नतोड्ने घोषणा (भिडियो सहित )



काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुझाएको ५८ बुँदा कार्यान्यन नभएसम्म आमरण अनशन नतोड्ने लगानीकर्ताले जनाएका छन् ।

सेयर लगानीकर्ता दवाव समुहको नामबाट लगानीकर्ता हरि ढकाल र पत्रकार समेत रहेका तिलक कोइराला आमरण अनशनमा छन् ।

अर्थमन्त्रालयले गठन गरेको सुझाब कार्यदलले दिएको ५८ बुँदा सुझावपछि आमरण अनशनमा बसेका शेयर लागानीकर्ताले अनशनलाई निरन्तरता दिन्छन कि तोड्छन ? यो एक चासोको विषय थियो ।

सेयर लगानीकर्ता दवाव समुहको तर्फबाट दिपेन्द्र अग्रवालले सरकारको नियम नितिमा केहि गल्ती नभएको भए ५८ बुँदाको आवश्यकता नहुने शेयर लगानीकर्ताहरुले बताएका छन ।

५८ बुँदा को सल्लाह सुझाब दिएको भएता पनि के कस्ता बुदाँ समेटिएको छ त्यो सबै जनतालाई थाहा नभएको उनको आरोप छ ।

उनले आजसम्म थुप्रै अध्ययन समिती बनेको र ति सल्लाह सुझाबहरु सबै दराजमा थन्किएको भन्दै अब बुदाँ मात्र आउने नभएर त्यसको कार्यान्वयन पक्ष महत्वपुर्ण हुने बताए ।

आगामी पुस्ताले अन्शन बस्न नपर्ने गरी निचोडमा पुगेपछि मात्र आमरण अनशन तोडने उनले जानकारी दिए ।


क्लिकमान्डु