बैंकका सीइओमा सबैभन्दा बढी तलब नेपाल इन्भेष्टमेन्टका ज्योति पाण्डेको, वर्षकै ३ करोड



काठमाडौं । ज्योति पाण्डे बैंकिङ क्षेत्रका सबैभन्दा महंगो व्यक्ति भएका छन् । पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।

सीइओ पाण्डेका लागि बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकको प्रफर्मेन्स कमजोर भइरहँदा सीइओको तलब/भत्ता तथा सेवा/सुविधा भने ह्वात्तै बढेको छ ।

जबकि अन्य कुनै पनि बैंकले सीइओका यति मोटो रकम खर्च गरेका छैनन् ।

एक वर्षको अवधीमा पाण्डेको तलब सुविधा ४१ लाख रुपैयाँले बढेको देखिन्छ ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

आर्थिक वर्ष २०७४/७५ मा बैंकले पाण्डेका लागि २ करोड ६५ लाख १० हजार रुपैयाँ खर्च गरेको थियो भने २०७३/७४ मा २ करोड ३६ लाख रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९१ लाख रुपैयाँ र २०७१/७२ मा १ करोड ७४ लाख रुपैयाँ बैंकले सीइओ पाण्डेको तलब सुविधाको लागि खर्च गरेको थियो ।

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

गत आर्थिक वर्षको वार्षिक विवरण अनुसार बैंकले प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई १ करोड ६० लाख ७६ हजार रुपैयाँ तलब वापत दिएको छ । यस्तै १ करोड ७ लाख १७ हजार,दशैं भत्ता वापत २२ लाख ३३ हजार रुपैयाँ र संचय कोषको लागि १६ लाख ८ हजार रुपैयाँ दिएको छ ।

बैंकले दिएको तलब सुविधामा कर कटाएपछि पाण्डेले सुविधा पाउँछन् ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब सुविधा बाहेक पानी, टेलिफोन र मोबाइल महशुलको सुविधा दिन्छ । गाडीसहित सवारी चालकसमेत सीइओलाई उपलब्ध गराएको छ । ३ वटा सुरक्षा गार्ड समेत बैंकले सीइओलाई उपलब्ध गराएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पछिल्लो ९ वर्षकै सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले गतवर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई १०.५ प्रतिशत बोनस सेयर तथा ८.५ प्रतिशत नगद लाभांश दिन लागेको छ ।

इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने

नेपाल इन्भेष्टमेन्ट बैंकमा १४ सय ८ जना कर्मचारी कार्यरत रहेका छन् । कर्मचारी तलब सुविधामा १ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको वार्षिक विवरणमा उल्लेख छ ।

बैंकको प्रफर्मेन्स कमजोर भइरहँदा सीइओको तलब/भत्ता तथा सेवा/सुविधा भने ह्वात्तै बढेको छ ।

बैंकले प्रवाह गरेको ४ अर्बभन्दा बढी ऋण डुबेको छ । तनहुँ हाइड्रोपावरका लागि इटालियन ठेकेदार सीएमसीका लागि बैंक काउन्टर ग्यारेन्टी बसेको थियो । इटालियन ठेकेदार भागेपछि बैंकलाई समस्या परेको हो ।

इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाएको विश्वास, लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

बैंकले प्रवाह गरेको कर्जा नउठेपछि खराब कर्जाको मात्रा बढेको छ । संभावित जोखिम व्यवस्थाका लागि मोटो रकम छुट्याउनु परेपछि बैंकको नाफा बढ्न सकेको छैन ।

बैंकको खराब कर्जा लुकाएको आशंकामा राष्ट्र बैंकले फेरि सोधपुछ समेत गरेको छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न गठन भएको सममितिले पनि विवरण मागेको थियो ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठ प्रकरण : नेपाल इन्भेष्टमेन्ट बैंकको विवरण छानबिनमा

 


पुष्प दुलाल