इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाएको विश्वास, लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति



काठमाडौं । कुनै समयमा नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि लगानीकर्ताको निकै चासो हुने गरेको थियो । अघिल्ला वर्षहरुको बैंकको वित्तीय विवरण पनि राम्रै थियो । अहिले बैंकको वित्तीय विवरण लगायतका देखिएको नकारात्मक सूचकले बैंकप्रति लगानीकर्ताको विश्वास पनि गुम्दै गएको छ ।

बैंकको सेयरमा लगानी गरेका लगानीकर्ताहरुले कमाउने भन्दा पनि गुमाउने क्रम बढ्दै गएको देखिएको छ । त्यसको कारणको रुपमा बैंकले गत आर्थिक वर्ष २०७५–०७६ को चौथो त्रैमासको वित्तीय विवरणलाई पनि लिने गरेका छन् । गत आव २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरणमा अधिकांश सूचक घटेका थिए । त्यसको असर यति बेला सेयर लगानीकर्ताहरुले भोगिरहेका छन् ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्यो । बैंकको वित्तीय विवरण आउनु अघि राम्रो मुनाफा आर्जन गर्ला, लगानीकर्तालाई मनग्य लाभांश देला भन्ने आशा गरेका थिए । तर विवरण आँउला खुद नाफा ६.६६ प्रतिशतले घटेर ३ अर्ब ४१ करोड ५६ लाख ३ हजार रुपैयाँमा आर्जन भएको देखियो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ मात्रै रह्यो । यसले गर्दा बैंकमा लगानीगर्ने लगानीकर्ताको मनोबल घटेको देखिएको छ । तीन महिना यदा हेर्दा लगानीकर्ताले प्रति कित्ता ७४ रुपैयाँ नोक्सान व्यहोरेका छन् । साउन ६ गते प्रति कित्ता ५१५ रुपैयाँको किनबेच भएको बैंकको सेयर कात्तिक ५ गतेसम्म आईपु्ग्दा ४४१ रुपैयाँमा किनबेच भएको छ । साउन भरमा बैंकको सेयर प्रति कित्ता २३ रुपैयाँले घटेर ४९२ रुपैयाँमा किनबेच भएको छ । भदौ १ गते बाट पुन ओरालो लाग्न लागेको बैंकको सेयर कारोबार प्रति कित्ता ३७ रुपैयाँले घटेर ४४२ रुपैयाँमा आएको छ ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

यता असोजमा पनि बैंकका लगानीकर्ताले गुमाएकै छन् । यो महिना भने लगानीकर्ताले प्रति कित्ता ६ रुपैयाँ मात्रै गुमाएका छन् । कात्तिक लागेपछि लगानीकर्ताले प्रति कित्ता ३ रुपैयाँ गुमाइ सकेका छन् ।

यो अवधिमा बैंकको बजार पूँजीकरण घटेको छ । तीन महिनामा बजार पूँजीकरण ९ अर्ब ५२ करोड ३६ लाख १४ हजार ११२ रुपैयाँले गिरावट आएको छ । साउन ६ गते बैंकको बजार पूँजीकरण ६६ अर्ब २७ करोड ९२ लाख ६ हजार ३२० रुपैयाँ रहेको थियो । कात्तिक ५ गते (मंगलबार) बैंकको बजार पूँजीकरण ५६ अर्ब ७५ करोड ५५लाख ९२ हजार २०८ रुपैयाँमा झरेको छ ।

ह्वातै बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा, नाफा साढे ९ प्रतिशतले घट्यो

बैंकको गत आवको चौथो त्रैमासको वित्तीय विवरणमा बैंकको खराब कर्जा १.४२ प्रतिशतले बढेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १२ पैसाले घटेर २६ रुपैयाँ ५४ पैसा रहेको थियो । यस्तै बैंकको प्रति सेयर नेटवर्थ ३३.८५ रुपैयाँले घटेर १९९.७८ रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु