ह्वातै बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा, नाफा साढे ९ प्रतिशतले घट्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले खराब कर्जा बढाएर नाफा घटाएको विवरण सार्वजनिक गरको छ ।

बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको चैत मसान्तमा नाफा २ अर्ब ८३ करोड रहेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ९.५३ प्रतिशतले घटेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ४३ करोड नाफा गरेको जनाएको छ ।
चैत मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा १ खर्ब २४ अर्ब रुपैयाँ दिएको छ । बैंकको प्रति सेयर आम्दानी समेत घटेको छ । अघिल्लो वर्ष ३५.५५ रहेको इपिएस यो वर्ष २७.१७ रुपैयाँमा झरेको छ ।

बैंकको खराब कर्जा अनुपात(एनपिएल) समेत बढेको छ । चैत मसान्तसम्ममा बैंकको एनएपिएल ३.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको एनपिएल ०.७६ प्रतिशत रहेको थियो । बैंकको सिसिडी ७६.१९ प्रतिशत छ भने बेसरेट ९.१२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु