धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त



काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदबैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले क्लिकमाण्डूलाई जानकारी दिए । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

बोर्डको अध्यक्षमा गिरी, ढुंगाना र श्रेष्ठको नाम सिफारिस, कसले पाउला नेतृत्व ?

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । ढुंगाना कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

ढुंगानाले धितोपत्र बोर्डमा विज्ञ सदस्यको रुपमा संचालक समिति सदस्य पदमा कार्यरत थिए !

अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

अध्यक्षको लागि ८ जनाको आवेदन परेको थियो । त्यसमा ३ जना छनाेट चरणमा नै फालिएको थियो र ५ जना बाँकी रहेका थिए । ५ जनाबाट सर्ट लिस्ट तयार पार्दा बोर्डका डा. नवराज अधिकारी र नेप्सेका पूर्व महाप्रवन्धक सिताराम थपलियाको नाम हटेको थियो ।

उक्त समितिले ३ जनाको नाम फिसारिस गर्नको लागि बोर्डलाई आगामी दिनमा  अघि बढाउने योजना के छ भन्दै प्रस्तुति गराएको थियो । त्यसबाट उत्कृष्ठलाई समितिले अध्यक्षकाे लागि सिफारिस गरेकाे एक सदस्यले बताए ।

३ जनाको नाम उक्त समितिले अर्थ मन्त्रालयमा पठाएको थिय। अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिसदमा ३ जनाकाे नाम सहितको प्रस्ताव लगेका थिए !

काे हुन् ढुंगाना ?

माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगाना २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए ।

२०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका थिए ! उनी राष्ट्रपति विद्या भण्डारी निकट मानिन्छन् !

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए ।


पुष्प दुलाल