बोर्डको अध्यक्षमा गिरी, ढुंगाना र श्रेष्ठको नाम सिफारिस, कसले पाउला नेतृत्व ?



काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पद खाली भएको साढे २ महिना पछि नयाँ अध्यक्ष नियुक्त हुने सम्भावना बढेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा गठित समितिले बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गरेसँगै बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना बढेको हो ।

अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना र अर्का एक डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

अध्यक्षको लागि ८ जनाको आवेदन परेको थियो । त्यसमा ३ जना छनाेट चरणमा नै फालिएको थियो र ५ जना बाँकी रहेका थिए । ५ जनाबाट सर्ट लिस्ट तयार पार्दा बोर्डका डा. नवराज अधिकारी र नेप्सेका पूर्व महाप्रवन्धक सिताराम थपलियाको नाम हटेको हो ।

उक्त समितिले ३ जनाको नाम फिसारिस गर्नको लागि बोर्डलाई आगामी दिनमा  अघिबढाउने योजना के छ भन्दै प्रस्तुति गराएको थियो । त्यसबाट उत्कृष्ठलाई समितिले अध्यक्षकाे लागि सिफारिस गरेकाे एक सदस्यले बताए ।

३ जनाको नाम उक्त समितिले अर्थ मन्त्रालयमा पठाएको छ । अब ३ जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदमा लैजाने छन् । त्यसमध्येबाट एक जनालाई सरकारले अध्यक्षमा नियुक्त गर्नेछ । जसलाई अध्यक्षको जिम्मेवारी दिइन्छ, उसले आगामी ४ वर्ष बोर्डमा नेतृत्व गर्नेछ ।


क्लिकमान्डु