रोशनी शाहीले कृष्णबहादुर महराले बलत्कारको प्रयास गरेकै हो भन्दै प्रहरीमा उजुरी दिइन्



काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफूमाथि बलत्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । गत आइतबार राति महराले शाहीको तीनकुनेस्थित कोठामै पुगेर बलत्कारको प्रयास गरेका थिए । रक्सीको बोतल बोकेर शाहीको कोठामा पुगेका महराले मातेर लठ्ठ भएपछि बलत्कार गरेको पीडित महिला बताउँछिन् ।

रोल्पाका महरा ‘सर’ शक्तिकेन्द्रका खेलाडीदेखि यौन दुराचारीसम्म

पीडित महिला शाहीले घटना भएको ५ दिनपछि अर्थात् शुक्रबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएको नेपाल प्रहरीका प्रमुख सर्भेन्द्र खनालले बताए ।

‘रोशनी शाहीजी महराजीले बलत्कारको प्रयास गर्नुभएकै हो भनेर उजुरी दिनुभएको छ, अब प्रहरीले प्रक्रिया अघि बढाउँछ’ प्रहरी प्रमुख खनालले क्लिकमाण्डूसँग भने ।

अभियुक्त निवर्तमान सभामुख भएकाले अदालतको आदेश लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ । महराको बलात्कार काण्ड हाम्रा कुरा डट कमका सम्पादक अजयबाबु शिवाकोटीले सार्वजानिक गरेका थिए ।

सभामुख महराले बढाइदिए ‘हिमालयन रिजर्भ’ रक्सीको ब्राण्ड भ्यालू, सामाजिक सञ्जालमा चर्चा

घटना सार्वजानिक भएपछि महरा र उनी निकट व्यक्तिहरुले शाहीलाई तीब्र दबाब दिएका थिए । उनीहरुले शाहीलाई नियन्त्रणमा लिएर ‘महरा सर मेरो कोठामा आउनु भएकै थिएन, मिडियामा आएका कुरा सत्य होइनन्, उहाँ मेरो बाबु समानको मान्छे हो,….’ यस्तै यस्तै किसिमका अन्तवार्ताहरु पनि सार्वजनिक भएका थिए ।

तर, प्रहरीको रिपोर्ट, सीसीटीभीको फुटेजलगायतले महरा गत आइतबार राति ती महिलाको कोठामा गएको प्रमाणसहित प्रहरीले प्रधानमन्त्री, पार्टी अध्यक्ष, गृहमन्त्री सबैकहाँ रिपोर्ट पुर्याएको थियो । यस्तो रिपोर्ट हेरेपछि प्रधानमन्त्री र नेकपाले महरालाई राजिनामा दिन निर्देशन दिएका थिए ।

महरालाई बलत्कारको आरोप लगाउने रोशनीले पतिलाई दिइन् डिभोर्स

महरा प्रकरणमा आफ्ना पतिसँग विवाद चुलिएपछि शाहीले पतिलाई डिभोर्स दिइसकेकी छन् । उनका पति चित्रजंग शाहीले महरालाई बचाउनका लागि शाहीलाई बयान फेर्न तीब्र दबाब दिँदै आएका थिए ।


पुष्प दुलाल