महरालाई बलत्कारको आरोप लगाउने रोशनीले पतिलाई दिइन् डिभोर्स



काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले आफूलाई बलत्कार गरे भनि आरोप लगाउने रोशनी शाहीले पतिलाई छोडपत्र दिएकी छन् ।

शाही र उनका पति चित्रजंग शाहीले २८ वर्षे लामो बैवाहित जीवन सहमतिमा अलग हुने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको लिखित सहमतिमा भनिएको छ, ‘थुप्रै उतार चढावका बीच हाम्रो साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतीसँगै असहमति, असन्तुष्टि आउँदा रहेछन । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताको साथ ।’

सो पत्रमा रोशनी शाही र उनका पति चित्रजंग शाहीले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु