सभामुख महराले बढाइदिए ‘हिमालयन रिजर्भ’ रक्सीको ब्राण्ड भ्यालू, सामाजिक सञ्जालमा चर्चा



काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई आइतबारसाँझ तीनकुनेस्थित महिला कर्मचारीलाई बलत्कार गरेको भन्दै सोमबार साँझ सञ्चारमाध्यममा समाचार सार्वजनिक भए । समाचारमा उनले उक्त समयमा पिएको रक्सीको आधा बोतलको तस्बिर पनि सार्वजनिक भयो ।

महराले पिएको भनिएको उक्त रक्सी नेपाली उत्पादन थियो । जसको नाम थियो ‘हिमालयन रिजर्भ’ । उक्त समाचारसँगै उक्त रक्सीको पनि चर्चा चुलियो । रक्सीसँग जोडेर महराका विषयमा विभिन्न ट्रोल पनि भए भने रक्सीको चर्चा र बिक्री पनि बढ्यो ।

पहिलो कुरा दशैंले छपक्कै छोपेर मदिरामा रम्न थालेको नेपाली समाज । दोस्रो कुरा सभामुखजस्तो उच्च अहोदामा बसेको व्यक्तिले पिउने गरेको रक्सी । हो यही कारणले पनि हिमालयन रिजर्भको चर्चा अत्यधिक भइरहेको छ ।

सामाजिक सञ्जालमा उक्त रक्सी किनेर फाेटो पोस्ट गर्नेहरु पनि देखिए ।

महराको पद उडाएको यो रक्सी यार्चागुम्बाको सम्मिश्रणबाट बनाइको भनिन्छ । आइतबार साँझ उनले पिएको भनिएको ७ सय ५० एमएलको यो रक्सीको मूल्य २८ सय रुपैयाँ पर्छ । आन्तरिक ह्वीस्कीको क्याटेगोरीमा रहेको यो रक्सीमा अलकोहलको मात्रा ४२.८ प्रतिशत हुन्छ ।

अलकोहलको यो मात्रा वल्र्ड फेमस रेड लेबल, ब्लु लेबल, ज्याक डेनियल (जेडी)भन्दा बढी हो । रक्सीमा यूपीको मात्रा जति धेरै भयो, त्यति अल्कोहलको मात्रा कम हुँदै जान्छ भने यूपीको मात्रा जति कम हुन्छ, त्यति नै अलकोहलको मात्रा बढ्दै जान्छ । हिमालयन रिजर्भमा यूपीको मात्रा २५ हुन्छ । अर्थात् यसमा अल्कोहलको मात्रा धेरै छ ।

यूपीको मात्रा धेरै भएको रक्सीले राजस्व कम तिर्नुपर्छ । यूपीको मात्रा धेरै भएमा उत्पादन लागत पनि कम हुने र राजस्व पनि कम तिुर्नपर्ने हुन्छ ।

सामान्यतः ब्राण्डेड रक्सी पिएको ३ घण्टापछि मात्र मानिस पूर्णरुपमा लठ्ठ हुन्छ । तर, डोमेस्टिक ह्वीस्की पिएको एक घण्टादेखि नै शरीरमा पूरै प्रभाव पार्न थाल्छ । सायद यही कारणले सभामुख महरा आइतबार साँझ बढी लठ्ड भएर बलात्कार गर्न तम्सिएका हुन सक्छन् ।


पुष्प दुलाल