प्रधानमन्त्रीले बाँडे मनलाग्दी साढे २६ करोड, मदन भण्डारीका नाममा मात्रै साढे ९ करोड (सूचीसहित)




काठमाडौं । प्रधानमन्त्री केही शर्मा ओलीले विभिन्न ५२ वटा संस्थाका नाममा मनलाग्दी २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेका छन् ।

गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी हेलिकप्टर दुर्घटना ज्यान गुमाएपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका थिए ।

मन्त्रालयमा राज्यमन्त्री भए पनि उनलाई जिम्मेवारी दिइएको थिएन् । प्रधानमन्त्री ओलीले सम्हालेयता मन्त्रालयबाट नेताका नाममा स्थापना भएका प्रतिष्ठान, गुठी, समाज, फाउन्डेसनहरुले अनुदान पाएका हुन् ।

ओलीले विभिन्न संस्थालाई न्यूनतम ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म रकम वितरण गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै मदनभण्डारीका नाममा रकम वितरण गरिएको छ । ओलीले मोरङमा रहेको मदनभण्डारी स्मृति प्रतिष्ठानलाई ५ करोड रुपैयाँ र काठमाडौंस्थित मदनभण्डारी फाउण्डेसनलाई ४ करोड २५ लाख रुपैयाँ वितरण गरेका हुन् ।

त्यस्तै, पुष्पलाल स्मृति प्रतिष्ठानलाई २ करोड रुपैयाँ, रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई १ करोड रुपैयाँ, पुष्पलाल अध्ययन केन्द्रलाई १ करोड रुपैयाँ, सुनखानी शहिद स्मृति प्रतिष्ठानलाई १ करोड रुपैयाँ, जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभ्लोपमेन्टलाई १ करोड रुपैयाँ बाँडेका छन् ।

यसरी रकम मनलाग्दी वितरण गर्नेमा ओलीले मात्रै होइन पर्यटनमन्त्री स्वर्गिय अधिकारीले पनि ६० करोड रुपैयाँ नेताका नाममा खुलेका प्रतिष्ठानलाई बाँडेका थिए ।

मन्त्रालय आफ्नो मातहतमा आइसकेपछि आफ्नो पार्टीका नेताका नाममा मनलाग्दी रकम वितरण गर्ने चलन नयाँ होइन । यसबारेमा न कुनै कार्यविधि नै पालना गरिएको छ न कुनै आधारमा नै वितरण गरिएको छ ।

आफ्नो पार्टीका नेताका नाममा खुलेका प्रतिष्ठानका यसरी राज्यको कोषबाट रकम बाँड्दा पनि आर्थिक सुशासन कसरी कायम हुन्छ भन्दै मन्त्रालयका कर्मचारीहरु नै प्रश्न तेर्साउँछन् ।


क्लिकमान्डु