खराब कर्जामा सुधार गरेको बिओकेको सेयर केही समय पर्खेर किन्दा ठिक, यस्तो छ प्राविधिक विश्लेषण



बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा ४६.७० प्रतिशतले नाफा बढाएर १ अर्व ९३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्व ३२ करोड ५५ करोड ११ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी बढ्नु, जोखिम व्यवथापनको कोषमा नगन्य रकम छुट्याउनु ,अन्य संचालन खर्च वाहेक अरु खर्च तथा पुँजी लागत नियन्त्रण गर्न सक्नुलाई नाफाको प्रमुख कारण मान्न सकिन्छ । बैंकले जोखिम व्यवस्थापन कोष अर्थात् इम्पेरिमेंट चार्जमा २८ करोड ५६ लाख रुपैंया मात्र राखेको छ जुन अघिल्लो आवको चौथो त्रैमासमा इम्पेरिमेंट चार्ज ४६ करोड ५९ लाख रुपैंया छुट्याएको थियो । यसले बैंक अफ काठमाडौँको खराव कर्जाको अनुपात ०.३२ प्रतिशतले घटेर १.५० प्रतिशतमा झरेको छ ।

८ अर्व ६ करोड ३१ लाख चुक्ता पुँजी भएको बैंक अफ काठमाडौँको चौथो त्रैमासमा सेयरधनीलाई लाभांश वितरणयोग्य मुनाफा एक अर्ब ३० करोड २ लाख रुपैयाँ छ । वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १६.१२ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता कायम गरेको छ । ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । जगेडा कोषमा २६.११ प्रतिशतले वृद्धि भई ४ अर्ब ५५ करोड सञ्चित भएको छ । गत वर्षको सोहि अवधिमा ३ अर्व ६१ करोड १ लाख रुपैयाँ थियो ।

बैंकले ग्राहकबाट ८२ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवमा ७६ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २३.३८ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ४४ लाख १३ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष बीओकेले ३ अर्ब ५ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ८९ करोड ५९ लाख रुपैयाँबाट बढाएर २ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ । गत आवमा १६ प्रतिशत लाभांस वितरण गरेर आठ ८ अर्ब ६ करोड ३१ लाख चुक्ता पुँजी कायम गरेको बैंकको प्रति सेयरआम्दानीमा ५ रुपैयाँ ३६ पैसा बढोत्तरी आएको छ । अघिल्लो आवमा १८ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको २४ रुपैयाँ ४ पैसा पुगेको हो । अन्य अनुपातहरुमा खराब कर्जा अनुपात १.५ प्रतिशतले ,कर्जा निक्षेप अनुपात ७५.८० प्रतिशत, पूँजीकोष अनुपात १४.५८ प्रतिशत कोषको लागत ७.२६ प्रतिशत, आधार ब्याजदर ९.९८ प्रतिशत , प्रतिसेयरनेटवर्थ १७३ रुपैयाँ ७२ पैसा, र मुल्य आम्दानी अनुपात १०.६१ गुणा छ ।

फ्लोरसिट

फ्लोरसिटबाट हेर्दा करिव ३ महिनाको समय अवधिमा ब्रोकर न ३४,५,४९,११,१६ बाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य २६०,,२६३ तथा २५८ को तहमा १ लाख १० हजार देखि १ लाख ४० हजार कित्ता सेयरकारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विश्लेषण

केही समयदेखि घटिरहेको नेप्से परिसूचक अर्थमन्त्री डा युवराज खतिवडाको सेयरबजारप्रति सकारात्मक अभिब्यक्तिले सुधारको संकेत देखियो । दुई दिनमा ५० अंकले बढेको परिसूचक विहिवार पुन १८.१२ अंकले घटेर ११५५ मा कारोवार बन्द भएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा दबाब पैदा भएको हो ।प्राय कम्पनीले सकारात्मक संकेत देखिएतापनि बैंक अफ काठमाडौँमा खासै ठुलो उतार चढाव देखिएन। विहिवार बैंकको ३ रुपैयाँले घटेर २५५ कारोवार बन्द भएको छ ।

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउछ। साप्ताहिक मैनबत्ति विश्लेषण गर्दा ओपन तथा क्लोज २५५ सँगै माथि र तल स्याडो सहितको डोजी मैनबत्ति बनेको छ । यसले पर्ख र हेरको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर।एस।आई ५२ दशमलव ६० बाट ४६ दशमलव ६१ स्केल आएको छ जसले न्युट्रल जोनमस रहेको संकेत गर्दछ । आरएसआई रेखा ० देखि १०० स्केल भित्र मुभ हुने गर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम।ए।सी।डी। रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ । एमएसिडी र सिग्नल लाईन सेन्ट्रल लाईन भन्दा तल एक आपसमा छोटो अवोधिको समयमा दुई पटक क्रस भएको छ । यसले पनि अहिले नन ट्रेन्डको संकेत गर्दछ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्कले धनात्मक ६८ को स्केलबाट बढेर धनात्मक ३९ को स्केलमा आएको देखाउछ । यसले बैंकको पनि पर्ख र हेरको संकेत गर्दछ। ।सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ ।यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर ,मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । बैंक अफ काठमाडौँको चार्ट हर्दा मुल्यले माथिल्लो ब्याण्ड छोएर फर्किएको छ भने तीन ओटै ब्याण्ड समान्तर रुपमा खुचिएको देखिन्छ । यसले बैंकको मूल्य तत्काल ठुलो उतारचढाव कम हुने जनाउछ ।

निस्कर्ष

बैंक अफ काठमाण्डूको अघिल्लो आवको खराव कर्जा उठान प्रमुख कारण नाफा बढेको देखिन्छ । यसैको असर चुक्ता पुँजी बढेपनि प्रतिसेयर आम्दानी १९ रुपैयाँबाट २४ रुपैयाँमा पुग्यो भने खराव कर्जा अनुपात (नन प्रफोर्मिंग लोन) पनि १.८२ बाट १.५० प्रतिशतमा घटाएको छ । प्राविधिक परिसूचकहरुले खरिदको लागि केहि समय कुर्ने अवस्था देखिन्छ । फोबोनाचि रित्रेस्मेंटबाट हेर्दा २४५ मा टेवा तथा अवरोध रहेको देखिन्छ ।

बैंकको तथ्यांकमा आधारित प्राविधिक विश्लेषणको आधारमा हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


क्लिकमान्डु