खराब मौसमले ५ वटा हेलिकप्टर बाटोमै रोकिए, ५ वटा आइपुगे




काठमाडौं । खराब मौसमका कारण बाटोमै रोकिएका हेलिकप्टरमध्ये ५ वटा त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।

वायुसेवा सञ्चालक संघ, नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार अल्टिच्यूडको १ वटा, सिम्रिकको २ वटा कैलाशको १ वटा र मनाङको १ वटा हेलिकप्टर सुरक्षितरुपमा विमानस्थलमा आइपुगेका हुन ।

त्यस्तै, अन्य हेलिकप्टरमध्ये ३ वटा हेलिकप्टर प्रतिकुल मौसमका कारण रामेछापको मन्थलीमै रोकिनेछन् । कँडेलका अनुसार सिम्रिकको १ वटा, श्रीको १ वटा र समिटको १ वटा हेलिकप्टर रातभरी मन्थलीमै रोकिनेछन् ।

त्यस्तै, एयर डायनस्टिको हेलिकप्टर भने सुर्केबाट लुक्का फर्किएको छ । हिजो गोखरामा अवतरण भएको हेभरेष्ट हेलिकप्टर पनि आज उड्न सकेन ।


क्लिकमान्डु