घरबेटीहरुलाई कुलमानकाे चेतावनी: भाडामा बस्नेसँग बिजुलीको पैसा धेरै नलिनू



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीहरुले भाडामा बस्नेहरुसँग धेरै पैसा लिएर कालोधन्दा गर्न नपाउने बताएका छन् ।

विद्युत प्राधिकरणको महसुल दरभन्दा धेरै पैसा लिएको सम्बन्धि अत्यधिक गुनासा प्राधिकरणमा आउने गरेको उनले बताएका छन् ।

विद्युत प्राधिकरणले लिनेभन्दा धेरै पैसा उठाउनु कालोधन्दा जस्तै भएकाले उक्त काम नगर्न उनले चेतावनी दिएका छन् ।

बहालमा बस्नेहरुले एक युनिट बराबर ठ्याक्कै कति पैसा तिर्नुपर्ने हो त ? भन्ने प्रश्नमा उनले भने- ‘एक युनिट बराबर ठयाक्कै यति पैसा तिर्नुस भन्न सकिदैन किनकी विद्युत खपत अुनसार प्रति युनिट पैसा फरक पर्नसक्छ ।’

त्यसैले प्रमुख कुरा मिटरमा उठेको यनिटलाई आफ्नो सबमिटरको युनिट दाँजेर पैसा भाग गरी तिर्नु पर्ने उनले बताएका छन् ।

विद्युत प्राधिकरणलाई थोरै पैसा तिरेपनि भाडामा बस्नेहरुसँग धेरै पैसा उठाउने गरेको गुनासो प्राधिकरणमा अत्यधिक धेरै आउने गरेको र यस विषयमा प्राधिकरणको ध्यानाकर्षण भएकोसमेत घिसिङले बताए ।


क्लिकमान्डु