पारसविरुद्ध ७ लाख हस्ताक्षर दरबारमा बुझाएर दुःख दिने तै होइनस् भन्दै गाली गरे: पर्यटनमन्त्री




काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालगञ्जमा आफ्नो कारणले प्लेन ढिलाइ भएको स्वीकार गरेका छन् ।

शनिबार राति भिडियो फेसबुकबाट बाहिर आएपछि मन्त्री भट्टराईले स्पष्टिकरण दिँदै आफू कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफिन महोत्सवको कार्यक्रम सकेर फर्कदा बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने योजना रहेको र आइतबार प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम रहेकाले आफू काठमाडौं फर्कने दबाबमा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र रु सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’


क्लिकमान्डु