दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने



काठमाडौं । दशैंका लागि लक्षित गरी असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी, ट्राफिक प्रहरीसँगको बैठकले बुकिङ खुला गर्ने निर्णय गरेको क्लिकमाण्डूलाई जानकारी दिए ।

दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २५० बस समेत थपिएको उनले जानकारी दिए ।

व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।


क्लिकमान्डु