राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थामा सीइओ नियुक्ति र बर्खास्ती गर्न नपाइने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्तीको अधिकार संचालक समितिबाट राष्ट्र बैंकमा जाने भएको छ । अहिले बैंक तथा वित्तीय संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतको नियुक्ती गर्दै आएको छ ।

राष्ट्र बैंकले सहमति नदिएमा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने छैन । यसले प्रमु्ख कार्यकारी अधिकृतको नियुक्तीको अधिकार राष्ट्र बैंकमा जाने देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति र बर्खास्ती राष्ट्र बैंकको सहमतिमा गर्नुपर्ने अर्को महत्वपूर्ण व्यवस्था विधेयकमा उल्लेख छ ।

हाल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरी राष्ट्र बैंकलाई जानकारी मात्रै दिनुपथ्र्यो भने २ कार्यकाल पूरा गरेका प्रमुख कार्यकारी अधिकृतहरु पुनः नियुक्तिको लागि अयोग्य हुने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु