‘कालोधन’ले पिरोल्यो नेप्सेका सीइओ साउदलाई, लगानीकर्ताको गम्भीर आपत्ति, कस्ले के भने ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सेयर बजारमा कालोधनको विषयमा दिएको अभिव्यक्ति यतिबेला निकै चर्चामा आएको छ ।

साउदले राजधानीमा आयोजित एक कार्यक्रममा साउदले अनलाइन प्रणाली आएपछि कालोधन नभित्रिएको र बजार पारदर्शी हुँदा कारोबार रकमसँगै सेयर बजारमा आरोलो लागेको प्रतिक्रिया दिएका थिए ।

नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि सेयर बजार घट्यो

सेयर बजारमा कालोधन रोक्ने प्रमुख कडीको रुपमा साउदले अनलाइनलाई मानेका थिए । हिँजोको दिनमा ५० वटा ब्रोकरबाट कारोबार हुने गरेकामा अहिले ५० वटा ब्रोकरबाट कारोबार गरेपनि त्यो सबै एकै ठाँउमा देखिन थालेपछि पारदर्शीता बढेको र सेतो धनको मात्र कारोबार भएको उनको तर्क थियो ।

साउदको भनाइलाई नै आधार मानेर हेर्ने हो भने नेपालमा अनलाइन आउनुपूर्व भएका सबै कारोबारमा कालोधन मिसिसिएको देखिएको छ । यदि त्यसो हो भने पहिलाको सबै कारोबारको छानविन गर्नुपर्ने माग लगानीकर्ताहरुको रहेको छ ।

यता साउदले राखेको धारणालाई लगानीकर्ताका केही संगठनले निकै गंभीर विषयको रुपमा लिएका छन भने कतिले यस विषयमा भएको के हो ? भनेर बुझ्ने बताए छन् ।

यसरी बजारका कालोधन आउनुलाई निकै गंभीर विषयको रुपमा लिने गरिएको छ । तर त्यो विषयमा साउदले निकै हल्का खालको टिप्पणी गरेका थिए ।

सेयर बजारको फ्रन्टलाइनको नियामकले सार्वजनिक कार्यक्रममा नैं यस्तो हल्का खालको टिप्पणी गर्न नहुने इन्भेष्टर फोरमका महासचिव राजन लम्सालको बताउँछन् । साउदले पदिय मर्यादा विपरीत गएर बोलेको उनको भनाइ छ ।

यस विषयमा आधिकारी निर्णय भने फोरमको भोलि (बिहीबार) बस्ने बैठकले गर्ने भएको छ । भोलिको बैठकले साउदको अभिव्यक्तिको विषयका आधिकारीक धारणा सार्वजनिक गर्ने लम्सालले बताए ।

सेयर बजारमा कालोधन विवादः बजार घटेर निराश भएका लगानीकर्तालाई नेप्से सिइओले नुकचुक छर्के

यस्तै नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि बजारमा कालोधन नभएर सेयर बजार घटेको भनेर तर्क दिनु गलत भएको बताइन ।

‘साउदको भनाइ पूर्णगलत रुपमा हो नियामक निकायमा बस्ने व्यक्तिले बजारलाई असर पार्ने कुरा गर्नु गलत हो,’ उनले भनिन्, ‘यो विषयमा साउदसँग भेटेर नै कुरा गर्छौं ।’

सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरी ढकालले साउदले भनेको जस्तो कालोधनले नै बजार बढेको हो भने त्यो समयको कारोबारको छानविन गर्न आग्रह गरे । ढकालले बजारको कालोधन छकी छैन भनेर हेर्ने निकाय सम्पति सुद्धिकरण विभाग भएकोले यसमा साउनले चिन्ता लिनुमा कुनै तर्क नरहेको बताए ।

बजारका कालो धन छ भन्ने थाहा भए छावविन गर्न सम्पति सुद्धिकरण विभागलाई सघाउन उनको आग्रह छ ।

‘नियामक निकायमा बस्ने व्यक्तिलाई मनोमानी ढंगले बजारमा असर पार्ने कुरा बोल्ने हिँडने कुनै अधिकार छैन, साउदको यो भनाइप्रति भत्र्सना छ,’ उनले भने ।

उनले साउदलाई आफूले बोल्ने कुरा अलि ठेगानमा राख्न चेतावनी समेत दिएका छन् । आगामी दिनमा पनि यस्तो अभिव्यक्ति दिएमा नेप्सेबाट साउदको राजीनामा अन्तिम विकल्प हुने संयोजक ढकालको भनाई छ ।

यस विषयमा सेयर लगानीकर्ता संघ अहिलेसम्म मौन नै रहेको छ । संघले पनि भोलि बैठक बसेर यो विषयमा धारणा सार्वजनिक गर्ने जनाएको छ ।

यस्तै संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बजारमा अनलाइन आउनुपूर्व कति कालोधन आएको र कतिको कारोबार भएको पनि साउदसँग जानकारी माग्ने बताए ।

नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले सेयर लगानीकर्ताहरुको अभिभावकत्व निभाएका साउदले कालो धन नभएको कारणले गर्दा बजार घटेको भनेर दिएको अभिव्यक्ति सरासर गलत भएको तर्क गरिन् । यस्ता कुराले सेयर बजारमा लगानीकर्ताहरुको मनोबल घटिरहेको बेलामा झन् नियमन निकायबाट नै यस्तो कुरा आएपछि लगानीकर्ताको हालत के होला ? यस्तो विषयमा सोच्न पनि आग्रह गरिन ।

लगानीकर्ताहरुको अभिभावकको रुपमा चिनिने नेप्सेले लगानीकर्ताहरुको मनोबल बढाउनु को साटो झनै मनोबल गिराउने कार्यको संघले आपत्ति जनाएको छ ।

सेयर लगानीकर्ता दबाब समूहका समहासचिव नयन बास्तोलाले कालो धन आएको थियो अहिलेसम्म किन चुप लागेर बसेको भन्दै प्रश्न गरेका छन् ? अनलाइन आउनु अघि कति जनाले कालोधन प्रयोग गरेका थिए ? अहिलेसम्म कति जनालाई कारबाही गरियो ? कालो धन र सेतो धन कसरी छुट्याउनु भयो ? के नेप्सेलाई त्यो छुट्याउने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन् ।

बास्तोलाले आगामी दिनमा यस्तो गैरजिम्मेवार पुर्णअभिब्यक्ति नदिन पनि सेचत गराएका छन् । बजारले एउटा उच्च बिन्दुमा पुग्न खोज्दा बजारका खेलाडीहरु सँग मिलेर नियामक निकायले यस्ता कुरा गर्ने गरेको प्रति चिन्ता जनाएका छन् ।

यसअघि बजारमा कालोधनको विषयमा चर्चा हुने गरेको भएपनि साउदले नै यो विषयमा बोले पनि बजारका कालोधन रहेको प्रश्ट भएको उनको भनाई छ ।

उनले साउदलाई सेयर बजारमा कति कालो धन आएको छ भनेर प्रश्ट पार्न आग्रह गरेका छन् । पदिय जिम्मावारी अनुसार अघि बढ्न पनि आग्रह गरेका छन् ।


पुष्प दुलाल