सेयर बजारमा कालोधन विवादः बजार घटेर निराश भएका लगानीकर्तालाई नेप्से सिइओले नुकचुक छर्के



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सेयर बजारमा कालोधन भएको कुरा गरेर आलोचित भएका छन् । आइतबार एक कार्यक्रममा साउदले सेयर बजारमा कालोधनको विषयमा दिएको मन्तव्यले बजारमा निकै चर्चा बटुलीरहेको छ ।

निरन्तर ओरालो लागेको बजार थप घट्नलाई उनको त्यो अभिव्यक्तिले सहयोग पनि गरेको छ । बजारमा कालोधन भएको भनेर नेप्सेका प्रमुखले न सार्वजानीक कार्यक्रममा भने पश्चात लगानीकर्ताहरु ससंकित भई बजार घटिरहेको हो । सेयर बजारमा देखिएको उतार चढावले नेपाली पुँजी बजारमा अनेक शंका र उपशंका भइरहेको आजको अवस्थामा साउदको मन्तव्यले थप मलजल पुगेको छ ।

साउदले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औैं बार्षिकोत्सवमा आयोजित कार्यक्रममा साउदले भनेका थिए ‘नेप्से इन्डेक्स पनि घटेको छ । कारोबार पनि कम भएको छ । त्यसको पनि केही अर्थ होला बुझ्नुस् । हिजोको दिनमा ५० वटा ब्रोकर साथीहरुसँग कारोबार गर्ने जुन लगानीकर्ता हुनुहुन्थ्यो, उहाँको ५० वटा अलग अलग कारोबार देखियो । अहिले ५० वटा कारोबार १ ठाँउमा आउँछ,पारदर्शीता बढेको हो । पारदर्शिता बढेको कारणले पनि सेतो धनको मात्र कारोबार भएको र कालो धनको कारोबार नभएको कारणले कारोबार घटेको हो । यो पनि बुझिदिन अनुरोध गर्दछु ।’

साउदले आइतबार उक्त मन्तव्य दिएका थिए । उक्त मन्तव्य लगत्तै बजारमा विभिन्न प्रश्न उठेका छन् । ‘पारदर्शिता बढेको कारणले पनि सेतो धनको मात्र कारोबार भएको र कालो धनको कारोबार नभएको कारणले कारोबार घटेको हो’ भन्ने साउदको भनाईले जुन समयमा कारोबार बढेको थियो, त्यो समयमा सेयर बजारमा अथाह कालोेधन रहेछ भनेर सहजै आशंक गर्दा फरक पर्दैन ।

नेप्सेका सीइओ साउद भन्छन्- कालोधन सकिएपछि सेयर बजार घट्यो

जब अनलाईन आयो त्यसपछि बजारमा कालोधन रोकियो भनेर साउदले दिएको अभिव्यक्ति लगत्तै हामीले यस विषयमा साउदसँग थप जानकारी लिन खोज्यो ।
सिइओ साउदसँग थप जानकारी लिन खोज्दा उनले भनेको कुरा जस्ताको जस्तैः

‘मैले हिजो के भनेको थियो भने, कारण हुन्छ बुझिदिनुहोस भनेर भनेको हो । बजारमा कारोबार घटेको छ यसमा पनि हेर्नुपर्छ भनेको हो मैले । कारोबार घटेको छ कारोबार घटेको कारण कतै एकै दिनमा अलग अलग कारोबार हुने गरेको थियो । थोरै थोरै रकमको धेरै ठाँउमा कारोबार हुने गरेको थियो । अहिले दिनभरी भएको कारोबार एकै ठाँउमा हेर्न मिल्छ । एकीकृत भएको कारणले पारदर्शीता बढेको हो । पारदर्शिताका कारण सेतोधनको मात्रै कारोबार आएको हो । कालोधन आउन नसकेको कारणले बजार घटेको पनि हुनसक्छ भनेको हुँ ।

मैले पत्ता लागेको भनेको हुँ ? यो शंका मात्रै हो । यो शंका हो नी । यसमा कारण खोज्ने कुरै छैन । नभए अहिले अनलाइनको विषयमा धेरै मानिसले टिका टिप्पणी किन गरेत । टिप्पणी गर्न आवश्यक छ त ? यो अनलाइन सिस्टम भनेको त पारदर्शी हो सबैले प्रयोग गर्न पाउने हो । सबैले आफू खुसी सेयर किनबेच गर्न पाँउछन् । ब्रो

करको पनि भर पर्नुनपर्ने हुँदा हुँदै हुँदै नभएको समस्यालाई उठाएर एक किसिमले अनलाइनलाई नै भएन भनिदिने ?यसको लजिक गरेर समस्या देखाउनुको कारण हो को त ? शंका आशंका भनेको त्यही कारण उब्जिएको हो । अनलाइनमा कुनै समस्या नै छैन, समस्या नभएको ठाँउमा समस्या छ भन्नुको कारण के हो त ? तपाई आफै बुझ्नु होला । मलाई शंका लागेको विषय त्यसमा हो ।

नयाँ अनलाइन आएपछि १० लाख भन्दा माथी धेरै ब्रोकरको कार्यालयमा कारोबार गर्दा पनि एकै ठाँउमा प्लस हुन्छ । त्यसको रेकर्ड सबै राष्ट्र बैंकमा डाटा रहन्छ । अनलाइन सुरु भएपनि कालोधन छ जस्तो चाँही मलाई लागेको छैन । अनलाइन आउनु भन्दा दोस्रो बजारमा कालोधन थियो भन्न शंका थियो ।

अहिले लगानीकर्ता, ब्रोकर सबैले भनेको काम भइसकेको छ । तर पनि समस्या छ भन्नुको कारण के त ? सबै हुँदा हुँदैपनि यस्तो अनलाइन भएन भन्नुको कारण बुझ्नुपर्छ । सबै काम हुँदा पनि अनलाइन भएन भन्ने अधिकार कहाँबाट पाउन भयो त उहाँहरुले ?

आफुले प्रयोग गर्दा समस्या आयो भने भन्नू स्वभाविक हो । त्यो कुराको हामी स्वागत गर्छौ । आफू हेर्दै नहेर्ने शंका गर्ने, अरुले भनेको भरमा पछि लागेको हुनाले मैले त्यो भनेको हुँ ।’

उनले दिएको अभिव्यक्ति गलत र गैर जिम्मेवार भएको नेपाल इन्भेष्टर फोरमका महासविच राजन लम्सालले बताए ।

उनले भने सेयर बजारमा सबै पैसा बैंकिङ च्यानलबाट आउने गरेको छ । ब्रोकरहरुले नगद लिँदैनन्, चेक मात्रै हो, १ लाख रुपैयाँ भन्दा बढी रकम नगदमा लिन नपाउने नियम नै रहेको छ । अनि कसरी भित्र्न्छ सेयर बजारमा कालोधन ?’

सिस्टाबाट आएको पैसालाई कालोधन भनेर फ्रन्टलाइनर रेगुलेटरले नै भन्नु सरासर गलत र गैरा जिम्मेवारी पन भएको उनको तर्क छ ।

साउदको उक्त अभिव्यक्ति लगत्तै धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले कुनै न कुनै शंका नभई साउदले कालोधनको कुरा गर्न नपर्ने बताए ।

उनले भने, ‘सेयर बजारमा कालोेधन आउने कुरा निकै गम्भिर विषय हो, साउद सरले बीना प्रमाण बोल्न नपर्ने हो, यस्तो गम्भिर विषय बोल्न पनि मिल्दैन, उहाँले के प्रमाणको आधारमा बोल्नु भएको हो हामी पनि छलफल गर्छौ ।’


क्लिकमान्डु