अर्बपति सांसद् चौधरीले भनेः कांग्रेसले अब आर्थिक जागरणलाई बढाउनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले कांग्रेसले राजनीतिक जागरणसँगै अब आर्थिक जागरण सुरु गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले सुरु गरेको राजनीतिक जागरण अभियानको सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले आर्थिक उदारिकरणको नेतृत्वकर्ता कांग्रेसले राजनीतिक जागरणसँगै अब सातै प्रदेशमा आर्थिक जागरण पनि शुरु गर्ने बेला आएको बताए ।

उनले यो अभियानको मूल मन्त्र रोजगारी र उत्पादन हुनुपर्ने र उत्पादनले छिमेकी मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताए ।


क्लिकमान्डु