बैंकको ऋण तिरेको ५ दिनभित्र धितो फुकुवा हुने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण तिरेको ५ दिनभित्रमा अब ऋण फुकुवा हुने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गर्दै ऋणीले ऋण तिरेको ५ दिनभित्रमा धितो फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाले ऋण तिरेपछि धितो फुकुवामा ढिलाई गर्ने गरेका थिए ।

राष्ट्र बैंकले ५ दिनभित्रमा धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा बैंक तथा वित्तीय संस्थाले पत्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु