बैंकबाट लिएको ऋण अर्को व्यक्तिलाई सापटी दिए खराब कर्जामा परिणत हुने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अर्को व्यक्ति तथा संस्थालाई ऋण सापटी दिदा त्यस्तो ऋण खराब कर्जामा परिणत हुने भएको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाले एउटा व्यक्तिबाट ऋण लिएर अर्को व्यक्तिलाई दिएमा बैंकको ऋण खराब कर्जामा परिणत हुने व्यवस्था गरेको हो ।

महालेखा परीक्षकको कार्यालय सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनमा हरेक वर्ष कम्पनी तथा फर्महरु बैंकबाट ऋण लिएर संचालक तथा कर्मचारीलाई सापटी दिने गरेको कुरा सार्वजनिक गर्ने गरेको थियो ।


क्लिकमान्डु