अर्थमन्त्रीले भने- साइबर सेक्यूरिटीमा सजग रहन मैले १८ दिनअघि राष्ट्र बैंकलाई पत्र पठाएको थिएँ



काठमाडौं । चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको नक्कली भिसा कार्ड बनाई करोडौं रुपैयाँ लुटेको ६ दिनपछि यस विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुख खोलेका छन् ।

मन्त्री खतिवडाले आफूले १८ दिनअघि नै साइबर सेक्युरिटीमा सजग रहन भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको बताएका छन् ।

‘अहिले व्यक्तिगत खाताको पैसा परेन भन्दैमा जोखिम छैन भन्ने कुरा छैन, यसबारे हामीले राष्ट्र बैंक र अन्य सरोवालासँग फलफल गरिरहेका छौँ, यस विषयमा कसरी जानु पर्छ भनेर १८ दिनअघि मैले साइबर सेक्युरिटीको बारेमा समास्या हुन सक्छन् भनेर राष्ट्र बैंकलाई पत्र पठाईसकेको थिएँ, सजक पनि गराएको थिएँ,’ नेपाल आर्थिक पत्रकार समाजको कार्यसमितिसँग भेटघाट गर्दै अर्थमन्त्री खतिवडाले भने ।

साइबर सेक्युरिटीमा राज्य चनाखो भएको उनले जानकारी दिए ।

‘उहाँहरुले ध्यानदिनु भएको थियो होला, यसमा प्रहरीहरु देखि लिएर अन्य सबै सरोकारवालाहरुको पनि भुमिका हुन्छ हामीले सबैलाई सर्तक गराएका छौँ, त्यसले गर्दा अहिले अतिकति कसस हुने हो तर यसैले गर्दा बैकिङ कारोबार नै गर्न डराउनु पर्ने स्थिति भने होइन,’ उनले भने ।

वित्तीय प्रणालीमा पुनःसंरचनाका धेरै काम गरेको उनले बताए । पछिल्लो समयको घटनाक्रमले साइबर सेक्युरिटीमा केही विषयहरु थपिएका र यो आन्तरिकरुपमा भन्दा पनि वाह्यरुपमा सिर्जित समस्या भएकाले विश्व समुदायले नै यस विषयमा सोच्नुपर्ने उनको भनाई थियो । तर, हरेक देशले आन्तरिक तयारी पनि गर्नुपर्छ ।

‘अहिले हामी कन्सलटेन्सनको फेजमा पनि छौँ । साथीहरुले मेघा मर्जर, बिग मर्जरजस्ता कुराहरु गरिरहेका छन्, यो स्वेच्छिक मर्जर हो, हामी बाध्यकारी बनाउदैँनौ भनेर भनिसकेका छौँ,’ खतिवडाले भने, ‘माइक्रो लेवलमा सुशासनका कुराहरुलाई व्यवस्थित गर्नु पर्ने छ । त्यो भन्दा महत्वपुर्ण कुरा भनेको जोखिम व्यवस्थापन हो । त्यो जोखिम व्यवस्थापन एउटा विजनेश साइकल अनुसार कर्जा दिने बैंकहरु कति सक्षम छन छैनन् भन्ने एउटा बिषय छ ।’

अर्को सुचना प्रविधिले ल्याउने जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय भएको र अर्को अन्तराष्ट्रिय परिवेशले ल्याउने जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने विषय रहेको बताउँदै उनले भने, ‘त्यसैले जोखिम व्यवस्थापनको बिषय भने अलि चुनौतिपुर्ण छ ।’

छिमेकी मुलुकहरुको आर्थिक वृद्धिमा उतारचढाव आउँदा त्यसको असर नेपालमा पनि परेको उनले बताए ।

‘हामीलाई अतिकति अप्ठ्यारो भने परेको छ, खासगरी ट्यारिफमा एक किसिमले परिवर्तन भयो । त्यसको रियाक्सन पनि ब्याजदरमा र मुलुकको विनिमयदरबाट भयो,’ उनले भने, ‘जसको असर हाम्रो व्यापारीक विनिमय सम्बन्ध भएको भारतमा पनि पर्नसक्ने र त्यसका केही छालहरु विनिमयदरको माध्यमबाट नेपालमा पनि आउनसक्ने हुन्छ ।’

तर मुल्यको स्थिरतामा अहिले नै डराउनु पर्ने कुरा नभएको उनको भनाई छ । विनिमयदरलाई भने अलि नजिकबाट नियाल्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

‘कुनै मुलुकको ५ प्रतिशत आर्थिक वद्धि भनेको मन्दी होइन, त्यो भनेको छिमेकी मुलुकहरुको सम्मानजनक आर्थिक वृद्धि हो । कुनै बेला २/३ प्रतिशत हुदाँ पनि राम्रै मान्निथ्यो तर अहिले ५ प्रतिशत ह्दाँ पनि मन्दी लाग्यो भनिएको छ,’ उनले भने ‘कहिलेकाँही अल्लिो वर्षभन्दा १/२ प्रतिशत आर्थिक वृद्धि तलमाथि भइरहन्छ । यो ट्रेड साइकलको सिद्दान्त हो । तर हामी छिमेकी मुलुकहरुको अर्थतन्त्र र त्यबाट हामीलाई पर्ने प्रभावको बारेमा नियमितरुपमा हेरिरहेका छौँ ।’


पुष्प दुलाल