कुन कुन बैंकले महिला कर्मचारीलाई तीजको दर खुवाए ?



काठमाडौं । हरितालिका तीज नेपाली हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चार्ड हो । तीज पर्वको लहर गाँउसहर सबैतिरको महिलाहरुमा चलेको छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

यो पर्व मुख्यरूपले भगवान शिवकी अर्धाङ्गीनी पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् । त्यसैदिनको सम्झनामा आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

तीजमा विषेशगरी बाबु आमा,दाजुभाइ विवाहित छोरीचेलीलाई घरमा बोलाएर मीठा परिकार बनाई दर खुवाउने गरिन्छ । यही दर खाने दिनबाट नै तीजको आरम्भ भएको मानिन्छ ।

ठाउँ अनुसार विभिन्न परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुलहरु खानुका साथै नया कपडा, गहना र विभिन्न शृङगारका सामाग्रीहरु आफ्नो लागि र परिवारका सदस्य तथा साथीभाईको लागि खरिद गरि उपहार स्वरुप एक अर्कामा आदन प्रदान गर्ने गरिन्छ । दर खाने दिनको भोलिपल्ट व्रत बस्ने नाचगान गर्ने गरेर महिलाहरुले तीज मनाउछन् ।

आधुनिकता सँगसँगै तीज मनाउने प्रचलनमा पनि आधुनिकता आएको छ । पहिले २ दिनसम्म मात्र मनाईने तीज आजभोलि भने तीज आउनुभन्दा १५ दिन अगाडिबाटै दर खाने तथा खुवाउने चलन बढेको छ ।

तीज शुरु हुनुभन्दा अगाडि आफन्त तथा साथीहरुलाई बोलाएर दर खुवाउनुका खाने उपहार आदनप्रदान गर्ने चलन तीज आजभालि बढिरहेको छ । यहि परम्परालाई पछिल्लो समयमा विभिन्न सरकारी तथा निजी क्षेत्रका संघ संस्था र बैंकहरुले पनि आबलम्वन गरेका छन् ।

आफ्नो संस्थाहरुमा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाउनुका साथै विभिन्न उपहारहरु दिएर संस्थागतरुपमा पनि तीज मनाउने चलन पछिल्लो समय बढ्दो छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर्स अफ कर्मशले पनि संस्थामा आवद्ध महिला सदस्यहरुलाई तीजको कार्यक्रम गरि दर खुवाउनुका साथै तीजका उपहारहरु दिएको छ ।
यस्तै, हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये केही वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीहरु तथा ग्राहकहरुलाई दर खुवाउनुका साथै उपहार दिएर तीज मनाएका छन् ।

केही बैंकहरुले दर खाने कार्यक्रम गरि महिला कर्मचारीहरुलाई शृङगारका सामाग्री र कपडा तीजको उपहार स्वरुप दिएको छ ।

हामीले सबै वाणिज्य बैंकलाई सम्पर्क गर्न खोज्दा केही बैंकहरुसँग मात्र सम्पर्क भयो । जति बैंकहरुसँग सम्पर्क भयो त्यसैको आधारमा बैंकहरुले आफ्ना महिला कर्मचारीलाई खुवाएको दर र दिएको उपहारको बारेका सामाग्री प्रस्तुत गरेका छौं ।

तीजको दरखाने कार्यक्रम गर्ने वाणिज्य बैंकहरुमा प्रभु बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोवल आइएमई बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंकले आफ्ना महिला कर्मचारीहरुलाई संस्थागतरुपमा नै दर खुवाएका छन् ।

यसैगरी, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराइज बैंक, सानिमा बैंक, नविल बैंक, सिद्धार्थ बैंक, सनराईज बैंकले भने आफ्नो बैंकको महिला कर्मचारीहरुलाई संस्थागत रुपमा दर खुवाएका छैनन् भने केही बैंकका पुरुष कर्मचारीहरु मिलेर महिला कर्मचारीहरुलाई आफ्नै खर्चमा दर खुवाएर तीज मनाएका छन् ।


पुष्प दुलाल