वाणिज्य बैंकलाई ब्याजदर बढाउन अर्थमन्त्री खतिवडाको सुझाव



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदर बढाउन सुझाव दिएका छन् ।

वाणिज्य बैंकको १४ वटा शाखाको उद्घाटनको क्रममा अर्थमन्त्री खतिवडाले बचतकर्तामाथि अन्याय नगर्न वाणिज्य बैंकलाई सुझाव दिएका हुन् ।

‘वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि म खुसी हुने कि दुःखी हुने,बचतकर्ताको ब्याजदर मूल्यबृद्धिदरभन्दा कम हुनु हुँदैन,’अर्थमन्त्री खतिवडाले भने ।
बचतकर्तालाई अन्याय गरियो भने राम्रो नहुँने भन्दै अर्थमन्त्री खतिवडाले ब्याजदर बढाउने खालको सुझाव बैंकलाई दिए ।

उनले वाणिज्य बैंकले सरकारी कोषका पैसा बाहेक सर्वसाधारण निक्षेपकर्तालाई दिएको ब्याजदरमा असन्तुष्टी जनाउदै त्यो कम हुन नहुँने बताएका हुन् ।

वाणिज्य बैंकको ब्याजदर सबैभन्दा कम छ । बैंकको बेसरेट साढे ५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा बेसरेट अझै तल घटेको हो ।

बैंकले निक्षेपमा दिने ब्याजदरपनि कम छ । भने ऋणमा लिने ब्याजदरपनि कम नै छ ।


क्लिकमान्डु