कर्मचारीका लागि सेञ्चुरी बैंकले ल्यायो नयाँ बचत खाता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १००० रुपैयाँमा खोल्न मिल्ने ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुतmानी गर्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्ने खातावालले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा सुविधा पाउने छन् ।

त्यसैगरी, लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने छन् भने निस्शुल्क एस.एम.एस्, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाहा बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।


पुष्प दुलाल