खराब बिवरणको प्रभावः २ दिनमै इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ३ अर्ब ६४ करोड गुमाए



काठमाडौं । खराब वित्तीय विवरणले सूचिकृत कम्पनीका लगानीकर्तालाई कस्तो असर गर्छ भनेर हेर्न अन्त गहिरहनु पर्दैन । पछिल्ला दुई दिनको नेपाल इन्भेष्टमेन्ट बैंकलाई हेरे पुग्छ ।

इन्भेष्टमेन्ट बैंकको व्यवस्थापनले विगतमा गरेको हेलचेत्र्याईंको सजाय अहिले लगानीकर्ताहरुले भोग्नु परेको छ । बैंकले विगतमा दिएको ऋण नउठेपछि त्यसका लागि मोटो रकम प्रोभिजनिङ गर्नुपर्यो ।

इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने

जसकारण अघिल्लो वर्षको तुलनामा बैंकको नाफा गत आर्थिक वर्ष बैंकको नाफा ६.६६ प्रतिशतले घटेर ३ अर्ब ४१ करोड ५६ लाख ४ हजार रुपैयाँमा खुम्चियो ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

बैंकले नाफा घटेको वित्तीय विवरण साउन ३० गते सार्वजानिक गर्यो । गत वर्षको बैंकको वित्तीय विवरण इतिहासकै कमजोर हो । विगतमा लगनीकर्तालाई ३० देखि ६० प्रतिशतसम्म सफल इन्भेष्टमेन्ट बैंकले यो वर्ष १० वर्ष पनि लाभांश दिन सक्दैन ।

यस्तो खराब वित्तीय विवरण सार्वजानिक भएपछि बैंकको सेयरमा लगानी गरेका लगानीकर्ता अत्यन्तै निराश भएका छन् ।

कम्तिमा पनि २० प्रतिशत लाभांशको अपेक्षा गरेका लगानीर्का १० प्रतिशत पनि लाभांश दिनसक्ने क्षमता नभएको वित्तीय विवरण आएपछि निराश हुनु स्वभाविक नै हो ।

लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)

लगानीकर्ता निराश भएपछि बैंकको सेयर मूल्यमा त्यसको प्रभाव देखिएको छ । वित्तीय विवरण सार्वजानिक भएपछि बिहीबार र आइतबार सेयर बजारमा कारोबार भयो । यी दुई दिनमै बैंकका लगानीकर्ताले ३ अर्ब ६४ करोड २९ लाख रुपैयाँ गुमाएका छन् ।

बुधबार नेप्सेमा कारोबार बन्द हुँदा इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ५०८ रुपैयाँमा थियो । बिहीबार बिहानै वित्तीय विवरण सार्वजानिक भयो । बिहीबार बैंकको प्रतिकित्ता मूल्य १६ रुपैयाँले घटेर ४९२ रुपैयाँमा झर्यो ।

त्यसैगरी, आइतबार पनि बैंकको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटेर ४७९ रुपैयाँमा झरेको छ ।

बुधबार बैंकको बजार पुँजीकरण ६३ अर्ब ८१ करोड ३९ लाख ७६ हजार ५ सय १५ रुपैयाँ थियो । आइतबार बैंकको बजार पुँजीकरण ६० अर्ब १७ करोड १० लाख ५२ हजार ६५६ रुपैयाँमा सिमित भएको छ ।

यो भनेको २ दिनमै बैंकक लगानीकर्ताको सम्पत्ति यी दुई दिनमै बैंकका लगानीकर्ताले ३ अर्ब ६४ करोड २९ लाख रुपैयाँले घटेको हो ।


पुष्प दुलाल