एयरपोर्टमा उडान अवतरण अवरुद्ध, कोरियाबाट आएको प्लेन भारत डाइभर्ट, दुईवटा आकाशमा फन्को मार्दै

4.9k
Shares

काठमाडौं । मौसम बिग्रिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध भएको छ ।

मंगलबार साँझ काठमाडौंमा हावाहुरी, चट्याङ र पानी परेसँगै मौसम खराब भएको थियो । मौसम खराब हुँदा विमानस्थलमा आन्तरिक र वाह्य विमान उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

दुबईबाट आएको फ्लाइ दुबईको विमान लखनऊ डाइभर्ट हुँदा कोरियाबाट आएको कोरियन एयरलाइन्सको विमान दिल्ली गएको छ । त्यस्तै दिल्लीबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको विमान सिमराको आकाशमा होल्ड भएको छ । कुन्मिङबाट आएको चाइना इस्टर्नको विमान निजगढको आकाशमा फन्को मारिरहेको छ ।

मौसममा सुधार आउनासाथ विमानस्थल सञ्चालन हुने कार्यालयले जनाएको छ ।