
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका रिजाललाई बोलाएको समयमा उपस्थित हुने शर्तमा रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए । उनीमाथि गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोप लागेको छ ।
उक्त घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की जाँचबुझ आयोग ले रिजालसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।








प्रतिक्रिया