बाढीले जनधनको क्षति भएपछि लिवर्टी इनर्जीले भन्यो- शिघ्र निर्माण सुरु गर्छौ



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले यही साउन ८ गते आएको बाढीका कारण आफ्नो आयोजनाको निर्माण कार्य तत्कालका लागि बन्द भएको जनाएको छ ।

कम्पनीले हाल लमजुङ जिल्लाको दोर्दी खोलामा माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको क्षमता २५ मेगावाट रहेको छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा यही साउन ८ गते दिनको करिब २ बजे आएको बाढीले आयोजनाको महत्वपूर्ण संरचनामा क्षति पुगेको छ ।

दोर्दी खोला थुनिएरु आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्र पुरिएको, केही इलेक्ट्रोमेकानिकल उपकरण बगाएको तथा जनधनको क्षति भएको तथा जनधनको समेत क्षति भएकाले आयोजनाको निर्माण कार्य प्रभावित भएको कम्पनीले जनाएको छ ।

मानवीय क्षति भएको दुःखद घडीमा कम्पनीका तर्फबाट तत्कालका लागि आयोजनाको काम रोकिएको जनाएको छ । कम्पनीले आयोजनाको काम यथाशिघ्र सुरु गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

बाढीले डोजर, क्रसरलगायतका मेशिन समेत बगाएको छ । दोर्दी खोलामा हाल ४ आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाबाट कूल ११८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।


पुष्प दुलाल